Home Bibles 2 इतिहास 15:11 · नेपाली बाइबल
2 इतिहास 15:11 · नेपाली बाइबल

त्यस समय तिनीहरूले 700 गोरूहरू, 7,000 भेडा अनि बाख्राहरू परमप्रभुलाई बलि चढाए। आसाका सेनाले ती पशुहरू र अन्य मूल्यवान वस्तुहरू आफ्ना शत्रुहरूबाट लिएका थिए।

Cross references

गन्ती 31:28

मानिस, गाई-वस्तु, भेडा र गधा यी सब सेनाहरूले युद्धबाट ल्याएका प्रत्येक पाँच सय चीजहरूबाट परमप्रभुको निम्ति एउटा कर हिसाबमा राख।

गन्ती 31:50

हामीले सुनका चीजहरूः पैरा, बाला, छाप, औंठी, कुण्डल र बाजूहरू त्यो हामीले हाम्रो परमप्रभुलाई उपहार जस्तै परमप्रभूको अघि हाम्रो आफ्नै प्रायश्चितको निम्ति चढायौ।”

1 शमूएल 15:15

शाऊलले भन्यो, “सैनिकहरूले अमालेकीहरूबाट पशुहरू लिए। सैनिकहरूले राम्रा भेडा र पशुहरू परमप्रभु तपाईंको परमेश्वरमा बलिचढाउन भनेर बचाए। तर हामीले अरू सबै चीज नष्ट पार्यौ।”

1 शमूएल 15:21

गिलगालमा परमप्रभु तपाईंका परमेश्वरलाई बलि चढाउन भनेर। सैनिकहरूले राम्रा-राम्रा भेडा र पशुहरू लिए।”

1 इतिहास 26:26

यी शलोमीत र तिनका आफन्तहरू दाऊदले संग्रह गरेका बस्तुहरूको जिम्मामावाल थिए। सेनाका अधिकारीहरूले पनि चीज बीजहरू मन्दिरका निम्ति दिए।

2 इतिहास 1:6

सुलेमान भेट हुने पालमा परमप्रभुको सामुन्नेको काँसाको वेदीसम्म गए। सुलेमानले वेदीमा 1,000 होमबलि अर्पण गरे।

2 इतिहास 7:5

राजा सुलेमानले 22,000 गोरूहरू अनि 1,20,000 भेडा अर्पण गरे। राजा र सबै मानिसहरूले परमेश्वरको मन्दिरलाई सर्मपन गरे। यो परमेश्वरको आराधना गर्नका निम्ति मात्र प्रयोग गरिन्थ्यो।

2 इतिहास 14:12

तब परमप्रभुले कूशी सेनाहरूलाई परास्त गर्न आसाका यहूदी सेना प्रयोग गर्नु भयो। अनि कूशी सेनाहरू भागे।

2 इतिहास 14:13

आसाका सेनाले कूशी सेनाहरूलाई गरार शहर सम्म खेदेर लगे। यति बिघ्न कुशी सेनाहरू मारिए कि तिनीहरू फेरि लड्नका निम्ति सेनाका रूपमा एकत्रित हुन सकेनन्। तिनीहरूलाई परमप्रभु अनि उहाँका सेनाले कुल्चि दिए। आसा अनि तिनका सेनाले शत्रुहरूका अनेक बहूमूल्य चीजहरू लगे।

Interlinear

Choose Theme