त्यसपछि अबियाहका सेनाका मानिसहरू जोडले कराए। जब यहूदाका मानिसहरू कराए परमेश्वरले यारोबामका सेनालाई परास्त गरिदिनु भयो। यारोबामका सबै इस्राएलका सेनाहरू अबियाहका यहूदाका सेनाहरू द्वारा परास्त भए।
Cross references
जुन भूमि परमप्रभुले इस्राएली मानिसहरूको निम्ति जित्नु भएको थियो, ती भूमिहरू पशु पालनको निम्ति उचित रहेकोले र हामी तपाईंको सेवकहरूकहाँ गाई-वस्तु धेरै भएकोले।
जब सातौ पल्ट तिनीहरू शहर वरिपरि घुमे, पूजाहारीहरूले आफ्ना तुरहीहरू बजाए। त्यसबेला, यहोशूले आदेश दिए, “अब कराऊ। परमप्रभुले यो शहर तिमीहरूलाई प्रदान गर्नु हुँदैछ।
पूजाहारीहरूले तुरही बजाए। मानिसहरूले तुरही बजेका सुने अनि कराउन थाले। ती पर्खालहरू भत्किए अनि मानिसहरू सीधै शहर भित्र कुदे। यसरी इस्राएलका मानिसहरूले त्यस शहरलाई परास्त गरे।
परमप्रभुले तिनीहरूलाई इस्राएलको निम्ति परास्त पारिदिनु भयो। इस्राएलका सेनाले तिनीहरूलाई मारिदिए अनि तिनीहरूलाई महान सीदोन, मिश्रपोत मैम अनि पूर्वमा मिस्पा बेंसी सम्म खेदे। इस्राएलका सेनाहरू शत्रुहरूका एकजना पनि जीवित रहुञ्जेल सम्म लडे।
बाराक अनि तिनका मानिसहरूले सीसरालाई आक्वमण गरे। युद्ध भइरहेको समयमा परमप्रभुले सीसरा अनि तिनका रथ अनि मानिसहरूलाई अल्मलाई दिनुभयो। के गर्नु पर्ने तिनीहरूले जानेनन्। यसर्थ बाराक अनि तिनका मानिसहरूले सीसरालाई पराजित गरे। तर सीसराले आफ्नो रथ छोडिदिए अनि पैदलै भागे।
तिनका मानिसहरूले शत्रुको छाउनीमा घेरा हाले। म अनि मेरो साथका समस्त मानिसहरूले आफ्ना तुरही बजाउने छौ। जब हामी हाम्रा तुरही बजाउँछौं, तिमीहरूले पनि आ-आफ्ना तुरही बजाऊ। त्यसपछि यी शब्दहरूमा कराऊः ‘परमप्रभु अनि गिदोनका निम्ति!”‘
नामान अरामका राजाको सेनाका कप्तान थिए। नामान आफ्नो राजाकालागि धेरै महत्वपूर्ण थिए। किनभने परमप्रभुले उनलाई अरामको विजयका लागि उपयोग गरेका थिए। नामान महान् र शक्तिशाली मानिस थिए, तर तिनी कुष्ठ रोगले ग्रस्त थिए।
आसाले परमप्रभु आफ्ना परमेश्वरलाई पुकारे अनि भने, “परमप्रभु, तपाईंले मात्र बलवान मानिसहरूको विरूद्ध कमजोर मानिसहरूलाई सहायता गर्न सक्नु हुन्छ। परमप्रभु हाम्रा परमेश्वर। हामीलाई सहायता गर्नु होस्। हामी तपाईं माथि निर्भरछौं। हामी तपाईंको नाउँमा यी विशाल सेनाको विरूद्ध लडछौं। परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंको विरूद्ध कसैलाई पनि जित्न नदिनु होस्।”
तब परमप्रभुले कूशी सेनाहरूलाई परास्त गर्न आसाका यहूदी सेना प्रयोग गर्नु भयो। अनि कूशी सेनाहरू भागे।
यहोशापातले मानिसहरूलाई उत्साहित तुल्याए अनि निर्देशन दिए। त्यसपछि तिनले परमप्रभुका निम्ति गायकहरू चुने। ती गायकहरूलाई परमप्रभु प्रति स्तुति अर्पण गर्नलाई चुनिएका थिए किनभने उहाँ पवित्र आश्चर्यजनक हुनुहुन्छ। तिनीहरू सेनाका अघि हिंडे अनि परमप्रभुको स्तुति गरे। तिनीहरूले गीत गाए, “परमप्रभुको स्तुति गरे, किनभने उहाँको प्रेम सदा-सर्वदा रहिरहन्छ।”
जसै ती मानिसहरूले गाउन र परमेश्वरको स्तुति गर्न शुरू गरे, परमप्रभुले अम्मोनी, मोआबी अनि सेईर पर्वतका मानिसहरू माथि गुप्त आक्रमण चलाइ दिनु भयो। ती, मानिसहरू थिए जो यहूदा माथि आक्रमण गर्न आएका थिए।
हे सारा मानिसहरू हो ताली बजाऊ! परमेश्वर तिर आनन्दमय भएर चिच्याऊ!
नरसिंह र तुरहीको आवाजमा जयजयकार साथ उहाँ आफ्नो सिंहासनतर्फ जानुहुन्छ।
मानिसहरूले परमप्रभुलाई पुज्दै यसो भन्दछन्, “उहाँको स्नेहपूर्ण करूणा अनन्त रहनेछ!”
त्यस रात, परमप्रभुका दूत गएर अश्शूरहरूको छाउनी एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब बाँचेका मानिसहरू बिहान ब्यूँझे तिनीहरूले आफ्ना वरिपरी मृत शरीरहरू देखे।