तब शमायाह अगमवक्ता रहबाम अनि यहूदाका प्रमुखहरू कहाँ आए। यहूदाका ती प्रमुखहरू यरूशलेममा भेला भएका थिए किनभने तिनीहरू सबै शीशकसित भयभीत थिए। शमायाहले रहबाम अनि यहूदाका प्रमुखहरूलाई भने, “परमप्रभुले जे भन्नुहुन्छ त्यो यो होः ‘रहमबाम तँ अनि यहूदाका मानिसहरूले मलाई त्याग गरेका छौ मेरो व्यवस्था पालन गर्न अस्वीकार गरेका छौ। यसर्थ अब म मेरो सहायता बिना तँलाई शीशकको सामना गर्न छोड्ने छु।”‘
Cross references
“तर यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले बताए अनुसार गर्दैनौ तिमीहरू आज मैले बताएका आज्ञाहरू र विधिहरू पालन गर्दैनौ भने तिमीहरूमाथि यी सब नराम्रा कुराहरू आइपर्नेछन्।
अम्मोनी मानिसहरू त्यसपछि यर्दन नदी पारि गए। तिनीहरू यहूदा, बिन्यामीन अनि एप्रैमका मानिसहरूसित युद्ध गर्न गए। अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरू माथि अनेक कष्टहरू ल्याए।
तर तिमीहरूले मलाई त्यागेर अन्य देवताहरू पूज्न थाल्यौ। यसर्थ फेरि तिमीहरूलाई बचाउँन म अस्वीकार गर्छु।
दाऊदले गादलाई भने, “म साँच्चै नै अप्ठेरोमा परें। तर परमप्रभु साह्रै दयालु हुनुहुन्छ। यसैले हामीलाई परमप्रभुले जे दण्ड दिए पनि हुन्छ। तर मानिसहरूले चाहि दण्डित नतुल्याओस्।”
तर परमप्रभुले एक जना अगमवक्तासँग बोल्नु भयो। उनको नाउँ शमायाह थियो। परमेश्वरले भन्नुभयो,
अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किन? किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ।
तर परमप्रभुबाट शमायाह कहाँ संन्देश आयो। शमायाह परमेश्वरका मानिस थिए। परमप्रभुले भन्नुभयो,
रहबाम एक शक्तिशाली राजा भए। तिनले आफ्नो राज्य शक्तिशाली तुल्याए। तब रहबाम अनि यहूदाका कुल समूहले परमप्रभुको व्यवस्था पालन गर्न अस्वीकार गरे।
अजर्याह आसालाई भेट्न गए। अजर्याहले भने, “मेरो कुरा सुन आसा अनि यहूदा र बिन्यामीनका तिमी सबै मानिसहरू! परमप्रभु तिमीहरूका साथ रहनु हुन्छ जब तिमीहरू उहाँका साथ हुन्छौ। यदि तिमीले परमप्रभुलाई खोज्यौ भने, उहाँलाई पाउने छौ। तर यदि तिमीहरूले उहाँको साथ छोडयौ भने उहाँले तिमीहरूको साथ छोडनु हुनेछ।
परमेश्वरको आत्मा जकर्याह माथि उत्रिनुभयो। जकर्याहका पिता पूजाहारी यहोयादा थिए। जकर्याह मानिसहरूका सामुन्ने उभिए अनि भने, “परमेश्वरले जे भन्नु हुन्छ त्यो यो होः ‘किन तिमीहरूले परमप्रभुको आदेशहरूको पालन गर्न अस्वीकार गर्छौ? तिमीहरू सफल हुने छैनौं। तिमीहरूले परमप्रभुलाई त्याग्यौ यसकारण परमप्रभुले पनि तिमीहरूलाई त्याग्नु भएको छ।”‘
जब असल मानिसहरू दुष्ट मानिसको पासोमा पर्छन् परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न। जब दुष्ट मानिसहरूले असल मानिसहरूलाई न्यायालयमा लैजान्छन् परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न।
तिमीहरूले नराम्रा कामहरू गर्यौ अनि ती नराम्रा कुराहरूले तिमीहरूलाई केवल दण्ड मात्र ल्याउनेछ। संकटहरू तिमीकहाँ आउनेछ। अनि त्यस संकटले तिमीहरूलाई शिक्षा दिनेछ। यस विषयमा विचार गर। तब तिमीहरूले बुझ्नेछौ परमेश्वरबाट कि विमुख हुँदा कति नराम्रो हुँदोरहेछ। मलाई सम्मान नगर्नु र मबाट नडराऊनु नै गल्ती हो।” यो सन्देश मेरो मालिक सेनाहरूका परमेश्वरबाट आएको थियो।
“तिमीहरूले जुन प्रकारले काम गर्यौ अनि जुन तरिकाले बसो-बास गर्यौ त्यसले यो विपद निम्त्यायो। यो तिम्रो लागि सजाय हो। यो तीक्त छ र तिम्रो मुटु छुन्छ।”
यहूदाका मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘यर्मिया, परमप्रभु हाम्रा परमेश्वरले हामीमाथि त्यस्तो हानीकारक कार्यहरू किन गर्ने?’ तिमीले तिनीहरूलाई उत्तर देऊ, ‘किनभने तिमीहरूले उहाँलाई त्यागेका छौ। तिमीहरूले आफ्नै भूमिमा विदेशी मूर्तिहरूका सेवा गर्यौ यसकारण, त्यो भूमिमा जुन तिम्रो होइन त्यसमा विदेशीहरूलाई अब सेवा पुरयाउनेछौ।”‘
“यहूदाका मानिसहरू अथवा अगमवक्ताहरू, अथवा पूजाहारीहरूले तिमीलाई सोध्न सक्छ, ‘परमप्रभुले के के भारी बोकाउनु भयो?’ तब तिमीहरूले तिनीहरूलाई उत्तर दिन्छौ र भन्छौ, ‘तिमीहरू अत्यन्तै गहुँ बोझ हौ र म तिमीहरूलाई फ्याँक्नेछु।”‘ यो परमप्रभुको सन्देश हो।