रहबामले अबियाहलाई आफ्ना भाइहरूका प्रमुख छाने। रहबामले यसो गरे किनभने तिनले अबियाहलाई राजा बनाउने योजना गरेका थिए।
Cross references
“कुनै मानिसको दुई जना पत्नी हुन सएछन् र उसले एउटीलाई वेशी र अर्कीलाई कम्ती प्रेम गर्न सएछ। दुवै पत्नीहरूले उसका नानीहरू जन्माएको हुन सक्छन्। अनि जेठो छोरा सब भन्दा कम्ती प्रेम गरेको पत्नीबाट जन्मिएको हुन सएछ।
इस्राएलका जेठा छोरा रूबेन थिए। रूबेनले जेठो छोराले पाउनु पर्ने विशेष सुविधाहरू, पाउनु पर्ने थियो। तर रूबेनले आफ्ना पिताको उपपत्नीसित शारीरिक सम्बन्ध राखे। यसर्थ ती विशेष सुविधाहरू यूसुफका छोराहरूलाई दिइयो।
राजा दाऊदले इस्राएलका सबै मानिसहरूलाई भने जो एकसाथ एकत्रित भएका थिए, “परमेश्वरले मेरो छोरा सुलेमानलाई मात्र चुन्नु भएको छ। सुलेमान सानै छ अनि यो काम गर्नका निम्ति चाहिने सबै कुरा त्यसले जान्दैन। तर यो काम अत्यन्त महत्वपूर्ण छ। यो मन्दिर मानिसहरूका निम्ति होइन, तर परमप्रभु परमेश्वरको निम्ति हो।