Home Bibles ☰ Books 2 इतिहास 11:10 · नेपाली बाइबल
2 इतिहास 11:10 · नेपाली बाइबल

सोरा, अय्यालोन अनि हेब्रोन शहरहरूको मरम्मत गरे। यहूदा अनि बिन्यामीनका यी शहरहरूलाई मजबूत तुल्याइयो।

Cross references

उत्पत्ति 23:2

अनि कनान देशको किर्यतअर्बा (हेब्रोन) शहरमा मरिन्। अब्राहाम आफ्नी पत्नीको मृत्युमा दुःखी भए अनि उनको निम्ति रोए।

गन्ती 13:22

तिनीहरू नेगेवबाट उँभो चढेर अहीमन, शैशै अनि तल्मै हुँदै हेब्रोन पुगे, जहाँ अनाकका सन्तति बस्ने गर्थे। हेब्रोन शहर मिश्रमा सोआना शहर बनिनु भन्दा सात वर्ष अघि बनिएको थियो।

यहोशू 10:12

त्यसदिन परमप्रभुले इस्राएलीले एमोरी मानिसहरूलाई परास्त गर्न दिनुभयो। अनि त्यसदिन यहोशू इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिए र परमप्रभुलाई भनेः“हे सूर्य, गिबोन माथि स्थिर बस्। चन्द्रमा, अय्ययालोन-बेंसीमाथि स्थिर बस्।”

यहोशू 14:14

अनि त्यो शहर अझ पनि कनिज्जी यपुन्नेका छोरा कालेबको अधीनमा छ किनभने उसले परमप्रभु इस्राएलका परमेश्वर प्रति विश्वास गरे अनि उहाँको आदेश पालन गरे।

यहोशू 15:13

यहोशूले युपन्नेको छोरो कालेबलाई यहूदाको निम्ति तोकिएको क्षेत्रभित्रको केही भूमि परमप्रभुले भन्नु भए झैं नै दिए। तिनले अर्बा किर्यार्वाको शहर (जसलाई हेब्रोन शहर भनिन्छ) अनाकका पिताले तिनलाई दिए।

यहोशू 15:33

यहूदाका कुल समूहले पश्चिमी तराईमा भएका शहरहरू पनि पाए। ती शहरहरूको सूची यहाँ छः एश्तोल, सारा, अश्ना,

यहोशू 19:41

यो त्यो भूमि हो जो तिनीहरूलाई दिएको थियोः सोरा, एश्ताओल, इशेमेस,

यहोशू 20:7

यसर्थ इस्राएलका मानिसहरूले “शरणस्थान-शहरहरू” घोषणा गर्नको निम्ति केही शहरहरू चुने। ती शहरहरू थिएः गालीलमा नप्तालीको पहाडी देश कादेश एप्रैमको पहाडी देश शकेममा।यहूदाको पहाडी देशमा किर्यतर्बा (हेब्रोन)।

2 शमूएल 2:1

पछि दाऊदले परमप्रभुसँग सल्लाह मागे। दाऊदले भने, “के म यहूदाको कुनै शहरमा जाऊँ?”परमप्रभुले दाऊदलाई भन्नु भो, “हो जाऊ।”दाऊदले भने, “त्यसो हो भने म कहाँ जाऊँ।”परमप्रभुले भन्नु भो, “हेब्रोनतर्फ।”

2 शमूएल 2:11

दाऊद हेब्रोनमा राजा थिए। दाऊदले यहूदाका परिवार समूहलाई साँढे सात वर्ष शासन गरे।

2 इतिहास 28:18

पलिश्ती मानिसहरूले पनि पहाडहरू अनि दक्षिण यहूदाका शहरहरू माथि आक्रमण गरे पलिश्तीहरूले बेत-शेमेश, अय्यालोन, गदेरोत, सोको, तिम्ना अनि गिम्जो शहरहरू कब्जामा लिए। तिनीहरूले ती शहरहरू नजिकका गाउँहरू पनि अधिकारमा लिए। त्यस पछि ती पलिश्तीहरू ती शहरहरूमा बसे।

Interlinear

Choose Theme