Home Bibles 1 शमूएल 8:9 · नेपाली बाइबल
1 शमूएल 8:9 · नेपाली बाइबल

यसर्थ मानिसहरूका कुरा सुनेर तिनीहरूले भने झैं गर। तर तिनीहरूलाई एउटा चेतावनी भने दिनू। तिनीहरूलाई भनिदिनु राजाले तिनीहरूलाई के गर्छ। एउटा राजाले मानिसहरूलाई कसरी शासन गर्छन्।”

Cross references

1 शमूएल 2:13

यसरी तिनीहरूले मानिसहरूलाई दुर्व्यवहार गर्थे। पूजाहारीहरूको कर्त्तव्य यो थियोः जब कोही मानिस बलिदान चढाउँथ्यो तब पूजाहारीले एउटा भाँडाको उम्लीएको पानीमा मासु पकाउनु पर्थ्यो। तब पूजाहारीको सेवकले त्रिशूल लिनु पर्थ्यो।

1 शमूएल 8:11

शमूएलले भने, “यदि तिमीहरू तिमीहरूमाथि शासन गर्ने राजा चाहान्छौ भने राजाले यसो गर्नेछन्। उसले तिमीहरूको छोराहरूलाई लाने छन् अनि उसको सेवा गर्न तिनीहरूलाई विवश पार्नेछन्। राजाले तिमीहरूका छोराहरूलाई सैनिक बनाएर उनका रथ सँगसँगै दौडन लगाउँने छन् र घोडचढी बनाएर आफ्नो सैनिकमा राख्नेछन्। तिमीहरूका छोरालाई आफ्ना रथको अघि दौडने रक्षक बनाउने छन्।

1 शमूएल 10:25

शमूएलले राज्यका नियमहरू मानिसहरूलाई बुझाए। यो एउटा पुस्तकमा पनि लेखे र यस व्यवस्थाको पुस्तकलाई परमप्रभुको अघि राखे। तब तिनले मानिसहरूलाई घर जानु भने।

1 शमूएल 14:52

शाऊल जीवनभरी नै साहसी थिए। पलिश्तीहरू विरूद्ध कठिन युद्ध लडे। जहिले पनि कुनै वीरलाई देखेमा शाऊलले आफ्नो सैनिक दलमा त्यसलाई सामेल गर्थे र आफ्नो छेवैमा राखेर राजाको रक्षक बनाउँथे।

इजकिएल 3:18

यदि मैले, ‘यो नराम्रो मानिस मर्नेछ भनें।’ भनें तिमीले त्यो चेताउनी पनि उसलाई दिनुपर्छ। तिमीले उसलाई भन्नु पर्छ, आफ्नो जिन्दगी बद्ली गर अनि नराम्रो काम गर्न छोड। यदि तिमीले त्यो मानिसलाई चेताउनी दिएनौं भने त्यो मर्नेछ। किनकि त्यसले पाप गरेको छ। तर म तिमीलाई त्यसको मृत्युको उत्तरदायी बनाउँछु। किन? किनकि तिमी त्यसकहाँ गएनौ अनि त्यसको जीवन बचाएनौ।

इजकिएल 45:7

पवित्र स्थानको दुवै छेउको एक हिस्सा अनि शहरको दुवैतिरबाट शासकले जमीन लिनेछ। यो पवित्र क्षेत्र अनि शहरको क्षेत्रको बीचमा हुन्छ। यो त्यही चौडाईको हुन्छ जुन चौडाई परिवार समूहरको भूमिको हुन्छ। यो लगातार पश्चिम सीमानाबाट पूर्वी सीमाना सम्म जानेछ।

इजकिएल 46:18

अनि शासकले मानिसहरूको जमीनको कुनै पनि भाग लिँदैन अनि तिनीहरूलाई जमीन छोड्न बाध्य पनि गर्दैन। उसले आफ्नो जमीनको केही भाग आफ्नो छोराहरूलाई दिनु पर्छ। यस्तो प्रकारले हाम्रो मानिस आफ्नो जमीनबाट वंचित हुनुको लागि विवश गरिने छैनन्।”

Interlinear

Choose Theme