Home Bibles ☰ Books 1 शमूएल 5:12 · नेपाली बाइबल
1 शमूएल 5:12 · नेपाली बाइबल

मानिसहरू धेरै संख्यामा मरे। जो मरेका थिएनन् तिनीहरूलाई गिर्खाको रूढीले सताउन थाल्यो र एक्रोनका मानिसहरूको रोदन स्वर्गसम्मै पुग्यो।

Cross references

प्रस्थान 12:30

त्यस रात मिश्रमा प्रत्येक घरको कोही न कोही मरे। फिरऊन, उसका अधिकारीहरू अनि मिश्रका सबै मानिसहरू चिच्याँउदै रोए।

1 शमूएल 9:16

“भोलि म यही समय पारेर एउटा मानिसलाई तँ कहाँ पठाउनेछु। यो मानिस बिन्यामिनी कुलको सदस्य हो। तैंले त्यसलाई अभिषेक गरिदिनुपर्छ। त्यसपछि त्यो मानिस मेरा इस्राएली मानिसहरूका प्रमुख हुनेछ। त्यस मानिसले हाम्रा मानिसहरूलाई पलिश्तीहरूबाट बचाउँने छ। मैले मेरा मानिसहरूको कष्ट देखे र रोदन सुनेकोछु।”

1 राजा 19:17

हजाएलले धेरै व्यक्तिहरूलाई मार्नेछन्। हजाएलको तलवारबाट बाँचेकहरूलाई येहूद्वारा मार्नेछन्। तीजो येहूबाट बाँचेकोलाई एलीशा द्वारा मर्नेछन्।

यशैया 15:3

मोआबका चारैतिर घरको दलानहरूमाथि र गल्लीहरूमा मानिसहरूले कालो लुगाहरू लगाएर रूँदै कराउँदै हिँडे।

यर्मिया 14:2

“यहूदा शोक गर्छ, उसको प्रवेशद्वारहरू कमजोर भएको छन्। मानिसहरू भूइँमा लडेर शोक मनाउँछन अनि यरूशलेमको चित्कार आकासिन्छ।

यर्मिया 25:34

हे गोठालाहरू हेर, विलाप गर! हे बथानका नायकहरू हो, खरानीमा लडीबडी गर। किनभने तिमीहरूका हत्या हुने र चिच्चाउने अनि तितर-बितर हुने समय आएको छ। तिमीहरू झर्नेछौ र दामी जग झैं फुट्नेछौ।

यर्मिया 48:3

होरोनैमबाट आएको चिच्याहट सुन। तिनीहरू लुटपाट र विध्वंसले गर्दा चिच्याई रहेकाछन्।

आमोस 5:19

तिमीहरु भालुको सन्मुख नहुनलाई भाग्दा कुनै सिंहको अघि पुगेको मानिसजस्तो हुनेछौ, अथवा तिमीहरु एकजना मानिस जान्छ र आराम गर्नु भित्तामाअडेसलागेको बेला साँपले डसेको मानिसझैं हुनेछौ।

Interlinear

Choose Theme