भोलि बिहानै तिमी र तिम्रा मानिसहरूसित मैले दिएको शहरमा फर्केर जाऊ। यसकरण घाम झुल्कनु अघि नै फर्केर जाउ।”
Cross references
यसकारण अब्राहामले त्यस ठाउँको नाउँ, “यहोवा यिरे” राखे। आज पनि मानिसहरूले भन्छन, “यस पर्वतमाथि परमप्रभुलाई देखिन सकिन्छ।”
तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिकलग आए अनि यो भष्म भएको देखे। जब अमालेकीहरूले नेगेभ क्षेत्रमा आक्रमण गरे? तिनीहरूले सिकलगमा आक्रमण गरे अनि शहरमा आगो लगाइदिए।
मनश्शेका कुल समूहका केही मानिसहरू पनि दाऊदसित मिले। जब तिनीहरू दाऊदसित मिले तब तिनी पलिश्तीहरूका साथ शाऊलसित युद्ध गर्न गए। तर दाऊद अनि तिनका मानिसहरूले पलिश्तीहरूलाई वास्तवमा सहायता गरेनन्। पलिश्ती प्रधानहरूले तिनीहरूलाई दाऊदले सहायता गरिरहेछन् भन्ने विषयमा कुरा गरे, तब तिनीहरूले तिनलाई पठाइदिने निश्चय गरे। ती शासकहरूले भने, “यदि दाऊद तिनका मालिक शाऊल कहाँ फर्के भने हाम्रा शिरहरू काटिने छन्।”
धेरै भन्दा धेरै मानिसहरू दिन प्रतिदिन दाऊदलाई सहायता गर्नआए। यसरी दाऊदका धेरै शक्तिशाली सेनाहरू भए।
सतर्क भएर हिंड्ने सिपाहीलाई परमप्रभुले साथ दिनुहुन्छ। परमप्रभुले ती सिपाहीहरूलाई नष्ट हुनदेखि जोगाउनु हुन्छ।
हामीमा पनि अरूमा जस्तै प्रलोभन्हरू छन्। तर तिमीले परमश्वरमाथि भरोशा राख्न सक्छौ। उहाँले तिमीले सहनु सक्ने भन्दा बढता परीक्षा लिनु दिनु हुँदैन। जब तिमी प्रलोभित हुन्छौ परमेश्वरले तिमीलाई त्यो परीक्षाबाट बाँच्नलाई पनि सहायता गर्नु हुनेछ। तब तिमी त्यो सहन समर्थ हुनेछौ।
हो, परमेश्वरले यी सबै कुरा गरे। जब कष्ट आई पर्छ जसले आफ्नो सेवा गर्छन् तिनीहरुलाई बचाँउनु प्रभु परमेश्वर जान्नुहुन्छ। अनि उहाँले जान्नुहुन्छ न्यायको दिनसम्म ती दुष्ट मानिसहरुलाई कसरी अडकाउनु पर्छ।