स्त्रीले सोधी, “तिमीले कसलाई बोलाउनु लाउँछौ?” शाऊलले भने, “शमूएलको आत्मालाई बोलाऊ।”
Cross references
कुनै मानिसहरूलाई कसैमाथि टुनामुना गर्न नदेऊ। तिम्रा आफन्तहरू मध्ये कसैलाई झाँक्री तथा जादूगर हुन नदेऊ। मृत मानिससित बात गर्नु कसैले पनि चेष्टा नगरोस्।
शमूएलले शाऊललाई भने, “मलाई किन दुखः दिएको? मलाई किन बोलाएको?”शाऊलले भने, “म संकटमा छु। पलिश्तीहरू म सँग युद्ध गर्न आउँदैछन्, अब परमेश्वर मसित हुनु हुन्न। परमेश्वरले मलाई केही दिनुहुन्न। न त उहाँले कुनै अगमवक्ता न सपनामा केही भन्नु हुन्छ। यसकारण तपाईंलाई बोलाएको छु मलाई भन्नुहोस् म के गरौ?”
कतिपय मानिसहरू भन्छन्, “भूतप्रेत खेलाउने अनि जादूगरहरूलाई के गर्नु पर्ने?” ती भूतप्रेत खेलाउने र जादूगरहरूले कानेखुसी गरी उनीहरूले मात्र मानिसहरू समक्ष गुप्त कुराहरू जानेको भन्लान्। तर म तिमीलाई भन्छु कि मानिसहरूले परमप्रभुको आज्ञा माग्नु नै पर्छ! ती भूतप्रेत खेलाउने र जादूगरहरूले मुर्दालाई के गर्नु पर्ने भनेर सोध्छ। किन जीवित मानिसहरूले मुर्दाहरूबाट केही माग्नु पर्छ?