Home Bibles 1 शमूएल 26:12 · नेपाली बाइबल
1 शमूएल 26:12 · नेपाली बाइबल

यसरी दाऊदले भाला र पानीको सुराही शाऊलको शिरकै छेउबाट लिए। त्यसपछि दाऊद र अबीशै छाउनीबाट निस्किए। तिनीहरूले के गरे कसैले पनि थाहा पाएन। न कसैले देख्यो न त कोही ब्यूँझ्यो। शाऊल र तिनका सैनिकहरू गहिरो निद्रामा परेको कारण परमप्रभुले नै तिनीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको थियो।

Cross references

उत्पत्ति 2:21

त्यसपछि परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निंद्रामा सुताउनु भयो। जब त्यो मानिस गहिरो निंद्रामा पर्यो उहाँले एउटा करङ्ग निकालेको ठाउँमा मासुले पुरिदिनुभयो।

उत्पत्ति 15:12

पछि सूर्य अस्ताउन लाग्दा अब्रामलाई साह्रै निन्द्रा लाग्यो। चुक झैं कालो अन्धकारले उसलाई चारै तिरबाट घेर्यो।

1 शमूएल 24:4

मानिसहरूले दाऊदलाई भने, “आज परमप्रभुले भन्नु भएको दिन होइनू? उहाँले तपाईंलाई भन्नु भएको थियो, ‘तिम्रो शत्रुलाई म तिम्रो हातमा सुम्पिदिनेछु, त्यसपछि तिम्रो इच्छानुसार तिम्रो शत्रुलाई जे गर्छौ गर।”‘त्यसपछि दाऊद घस्रँदै-घस्रँदै शाऊलको छेउ पुगे। दाऊदले शाऊलको खास्टोको एक टुक्रा चाल नपाई काटिदिए।

1 शमूएल 26:7

जब रात पर्यो दाऊद र अबीशै शाऊलको छाउनीमा गए। शाऊल छाउनीको मध्य भागमा मस्त सुतिरहेका थिए। तिनको भाला तिनको शिर नेर भूँईमा गाडिएको थियो। अबनेर अरू सैनिकहरूसंगै शाऊलको वरिपरी मस्त सुतिरहेका थिए।

एस्तर 6:1

त्यो रात राजालाई निन्द्रै लागेन। तिनले आफ्ना सेवकहरूलाई दफतरको लेख पुस्तक आफू कहाँ ल्याउनु भने अनि त्यो राजालाई पढेर सुनाइयो। जब बिग्ताना अनि तेरेश।

यशैया 29:10

परमप्रभुले तिमीहरूमा गहीरो निद्रा ल्याइदिनु भएको छ। परमप्रभुले तिमीहरूका आँखाहरू बन्द गरिदिनु हुनेछ। (अगमवक्ताहरू नै तिमीहरूको आँखाहरू बन्नेछ।) परमप्रभुले तिमीहरूका टाउकाहरू छोपि दिनुहुनेछ (अगमवक्ताहरू तिमीहरूका शिर हुनेछन्।

Interlinear

Choose Theme