शाऊलले जवाफ दिए, “परमप्रभुले मलाई सहायता गरेकोमा तिमीहरूलाई आशीर्वाद दिऊन्।
Cross references
परमेश्वरले मलाई पिताको घरबाट टाडो पठाउनु भयो। उहाँले मलाई धरै अंञ्चलहरूमा भ्रमण गराउनु भयो। यही कारणले मैले सारालाई भने, ‘यसरी नै तिमीले मलाई यो दया गर्न सक्छौ मानिसहरूलाई तिमी मेरी बहिनी हौ भन्नु।”
मीकाले आफ्नी आमालाई भने, “कसैले तिमीबाट 1,100 चाँदीका टुक्रा चोरेको तिमीलाई थाहा छ। त्यस विषयमा तिमीले श्राप दिएको मैले सुने। त्यो चाँदी मेरोमा छ। त्यो मैले लगेको थिएँ।”उसकी आमाले भनिन्, “हे मेरो छोरो परमप्रभुले तिमीलाई आशिष दिऊन्।”
शमूएल शाऊलको नजिक गए। शाऊलले स्वागत जनाएर भने, “परमप्रभुको आशीर्वाद तपाईंमा रहोस्। मैले परमप्रभुको आज्ञा पालन गरें।”
तिमीहरू सबैले मेरो विरूद्ध षड्यन्त्र रच्दैछौ। तिमीहरू कसैले पनि छोरा जोनाथनले यिशैका छोरासँग सन्धि गरेको छ भनेर भनेनौ कसैले मेरो वास्ता गरेनौ। मेरो छोरा जोनाथनले दाऊद मेरो नोकरलाई सहायता गरेको कुरा कसैले पनि भनेनौ। जोनाथनले दाऊदलाई लुकेर रहनु भन्ने गर्थ्यो ताकि उसले मलाई आक्रमण गर्न सकोस्। अनि दाऊदले अहिले त्यही नै गर्दैछ।”
दुष्ट मानिसहरूले आफ्नो इच्छामाथि घमण्ड गर्छन् अनि ती लोभी मानिसहरूले परमप्रभुलाई सराप्छन्। ती पापीहरूले परमप्रभुलाई घृणा गर्छन्।
तिमीहरूले परमप्रभुका आज्ञाहरू पालन गर्छौ भने परमप्रभुले भन्नु भएका कुराहरू पनि सुन्नुपर्छ। “तिमीहरूका दाज्यू-भाइहरूले तिमीहरूलाई घृणा गरे, तिनीहरू तिमीहरूका विरोधी भए किनभने तिमीहरूले मलाई पछ्यायौ। तिमीहरूका दाज्यू-भाइहरूले भने, ‘हामी तिमीहरूकहाँ फर्केर आउनेछौ जब परमप्रभु सम्मानित हुनुहुन्छ।’ ती दुष्ट मानिसहरू दण्डित हुने नै छ।
यरूशलेमका न्यायधीशहरुले घुस लिएर न्याय गर्छन्। यरूशलेमका पूजहारीहरुले ज्यानलिएर ब्यावस्था सिकाउँछन्। मानिसहरुले अगमवक्ताहरुलाई पैसा दिनुपर्दथ्यो, अनि मात्र उनीहरुले कुनै दण्ड पाउँदैनथिए। उनीहरुले सोच्थे, परमप्रभुले उनीहरुलाई बँचाउँछन् अनि भन्छन्, “परमप्रभुले हामीलाई साथ दिनुहुन्छ, यसैकारण हामीमाथि कुनै बिपत्ति आउन सक्दैन।”