Home Bibles ☰ Books 1 शमूएल 21:11 · नेपाली बाइबल
1 शमूएल 21:11 · नेपाली बाइबल

शाऊलबाट भागेर दाऊद गातका राजा आकीश कहाँ पुगे।

Cross references

1 शमूएल 16:1

परमप्रभुले शमूएललाई भन्नुहुन्छ, “कति दिन शाऊलको निम्ति दुःखीत भइरहन्छसू? शाऊललाई मैले इस्राएलको राजापदबाट हटाइसके तरै पनि त्यसको दुःख मानिरहन्छस्। तँसित भएको सींङ तेलले भर र बेतलेहेम जा। म तँलाई बेतलेहेमको यिशै नाउँको मानिसकहाँ पठाउँदैछु। यिशै बेतलेहेममा बस्छ। मैले त्यसकै एकजना छोरालाई नयाँ राजाको रूपमा चुनें।”

1 शमूएल 18:7

स्त्रीहरूले यसरी गाउँथे,“शाऊलले हजार शत्रुहरू मारेतर दाऊदले दश हजार मारे।”

1 शमूएल 19:18

दाऊद भागेर शमूएल भएको ठाउँ रामामा पुगे। दाऊदले तिनी माथि शाऊलले गरेको प्रत्येक कुरा शमूएललाई सुनाए। त्यसपछि दाऊद र शमूएल दुवै अगमवक्ताहरू बसेका डेरामा पुगे। दाऊद त्यहीं बस्नथाले।

1 शमूएल 27:1

तर दाऊदले आफैं सोचे, “शाऊलले मलाई एक दिन पक्रिएर मार्ने छ। सबभन्दा राम्रो मलाई यो हुन्छ पलिश्तीहरू भएकोमा भागेर जानु त्यसपछि शाऊलले मलाई इस्राएलमा खोज्न छोड्ने छ। त्यसरी म शाऊलबाट उम्कन सक्नेछु।”

1 शमूएल 27:2

यसरी दाऊद र तिनका 600 मानिसहरूले इस्राएल त्यागे। तिनीहरू माओकका छोरा आकीशकाँ गए। आकीश गातका राजा थिए,

1 शमूएल 29:5

दाऊद त्यही मानिस हो जसको विषयमा इस्राएलीहरू यसो भनेर गीत गाउँदै नाच्थेः“शाऊलले हजार शत्रुहरू मारेतर दाऊदले दश हजार मारे।”

भजनसंग्रह 34:1

हर समय म परमप्रभुलाई धन्यको भन्छु। उहाँको स्तुति निरन्तर मेरो ओंठमा हुनेछ।

भजनसंग्रह 56:1

हे परमेश्वर, मानिसहरूले ममाथि आक्रमण गरे, यसैले मप्रति तपाईंको कृपादान रहोस्। तिनीहरूले लगातार मेरो खेदो गरेर मसँग लडाइँ गरे।

Interlinear

Choose Theme