Home Bibles 1 शमूएल 20:6 · नेपाली बाइबल
1 शमूएल 20:6 · नेपाली बाइबल

यदि तिम्रा बुबाले म यहाँ उपस्थित छैन भन्ने थाहा पाउनुभयो भने, त्यत्तिबेला तिमीले भन्नु, ‘दाऊद बेतलेहेम घरमा जान चाहन्थ्यो। तिनका परिवारले नै मासिक बलि चढाउने कुरा छ। यसकारण दाऊदले मलाई बेतलेहेम झर्न र परिवारसँग भेटन देऊ भने।’

Cross references

व्यवस्था 12:5

तिमीहरूका कुलमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो जुन ठाउँमा विशेष बास गर्न चाहनुहुन्छ त्यही ठाउँ तिमीहरूले आफ्नो आराधना गर्ने ठाउँ बनाउनु पर्छ।

1 शमूएल 9:12

ठिटीहरूले जवाफ दिए, “ज्यू, उहाँ हुनुहुन्छ। उहाँ तपाईंहरू भन्दा अघि जादै हुनहुन्छ। उहाँ आजै शहरमा आउँनुभयो। मानिसहरूले भेला भएर उच्च स्थानहरूमा मेलबलि चढाउने भएका छन्।

1 शमूएल 16:2

शमूएलले भने, “यदि म गएँ भने यो समाचार शाऊलले सुन्ने छ र मलाई मार्ने छ।”परमप्रभुले भन्नुभयो, “बेतलेहेममा जा साथमा एउटा बाछा पनि लानु र भन्नु, ‘परमप्रभुलाई बलि चढाउन आएको।’

1 शमूएल 17:58

शाऊलले उसलाई सोधे, “युवक, तिम्रो बाबु को हुन्?”दाऊदले जवाफ दिए, “म तपाईं कै सेवक बेतलेहेमका यिशैको छोरा हुँ।”

1 शमूएल 20:28

जोनाथनले भने, “दाऊदले बेतलेहेम घर जान्छु भनेर मसित अनुमति माग्यो।

यूहन्ना 7:42

धर्मशास्त्र अनुसार ख्रीष्ट दाऊदको परिवारबाट आउनेछन्। अनि अझ धर्मशास्त्रले भन्दछ कि ख्रीष्ट बेतलेहेमबाट आउनेछन्, त्यो शहर जहाँ दाऊद बस्थे।”

Interlinear

Choose Theme