Home Bibles ☰ Books 1 शमूएल 20:10 · नेपाली बाइबल
1 शमूएल 20:10 · नेपाली बाइबल

दाऊदले भने, “यदि तपाईंलाई तपाईंका पिताले गाली गरे भने मलाई सावधान कसले गराउँछ?”

Cross references

उत्पत्ति 42:7

यूसुफले आफ्नो दाज्यू-भाइहरूलाई देखे अनि चिने। तर तिनले आफ्नो दाज्यू-भाइहरूलाई नचिने झैं गरे। तिनले तिनीहरूसित निष्ठूरतापूर्ण शब्दहरूमा कुरा गरे। तिनले भने, “तिमीहरू कहाँबाट आएका हौ?”ती दाज्यू-भाइहरूले उत्तर दिए, “हामी कनान देशबाट आएका हौं। यहाँ हामी अन्न किन्न् आएका हौं।”

उत्पत्ति 42:30

तिनीहरूले भने, “त्यस देशका शासकले हामीसित निष्ठुर शब्दमा कुरा गरे। तिनले हामी जासूस हौ पनि भने।

1 शमूएल 20:30

शाऊल जोनाथनसँग साह्रै क्रोधित भए। उसले जोनाथनलाई भने, “तँ दुष्ट आइमाईको छोरा होस, जसले भनेको मान्दैन। अनि त्यो तेरो स्वभाव पनि हो मलाई थाहा छ तैंले दाऊदको पक्ष लिएको छस्। तँ तेरो जन्म दिने आमा र तेरो आफ्नै लागि पनि लाज पार्छस्।

1 शमूएल 25:10

तर नाबालले दुष्ट आचारण देखाए र भन्ने, “दाऊद को हो? यो यिशैको छोरो को हो? आज भोलि धेरै कमाराहरू आफ्ना मालिक छोडेर भाग्दैछन्।

1 शमूएल 25:14

नाबालको एउटा नोकरले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दाऊदले आफ्ना समाचार-वाहकहरूलाई हाम्रा मालिक नाबाल भए ठाउँसम्म पठाए। तर नाबाल तिनीहरू प्रति तुच्छ थिए।

1 शमूएल 25:17

यसको विषयमा सोचेर केही गर्नुहोस्। नाबाल साह्रै मूर्ख छन् ऊसित कुरा गर्न सकिंदैन अनि आउने विपत्तिको विषयमा उसलाई चेताउनी दिन सकिंदैन। अब नाबाल र तिनका सन्तानमाथि ठूलो विपत्ती आइलाग्नेछ।”

1 राजा 12:13

त्यस समयमा राजा रहबामले तिनीहरूसंग कडा कुरा गरे। उनले बुढा-प्रधानका सर-सल्लाह सुनेनन्।

हितोपदेश 18:23

गरीब मानिसहरूलाई दयाको भिक्षा चाहिन्छ तर धनी मानिसहरूले खस्रो जवाफ दिन्छन्।

Interlinear

Choose Theme