आफूले लगारहेको कोट फुकालेर जोनाथनले दाऊदलाई दियो। जोनाथनले आफ्नो र्वदिसमेत धनु, तरवार र पेटी दाऊदलाई दियो।
Cross references
अनि फिरऊनले आफ्नो राजकीय मुकुटको छाप भएको औंठी यूसुफलाई दिए, उसलाई राम्रो रेशमी लुगा लगाई दिए अनि फिरऊनले उसको गलामा सुनको एउटा सिक्री लगाई दिए।
त्यस मानिस को निम्ति राजा स्वयंले लाउनु भएको राज-वस्त्र अनि एउटा घोडा जस माथि राजा चढनु भएको छ। तिनलाई दिनु होस्।
“परमप्रभुले मलाई अत्यन्त खुशी पार्नुभयो। म सम्पूर्णमा परमेश्वरमा खुशी मनाउँनेछु। परमेश्वरले उद्धारको पोषाक मलाई लगाइदिनुभयो। ती पोषाकहरू अत्यन्तै सुन्दर छन् जुन विवाहको उपलक्ष्यमा मानिसहरू लगाउँछन्। परमप्रभुले धार्मिकताको पोषक मलाई लगाई दिनुभयो त्यो पोषक स्त्रीहरूले विवाहमा लगाउने जस्तो सुन्दर छ।
तिनीहरूले कम्मरमा पेटी अनि शिरमा लामो फेटा बाधेका थिए। तिनीहरू सबै रथको अधिकारी जस्ता देखिन्थे। तिनीहरू सबै बाबेलको जन्मभूमिमा उत्पन्न पुरूष जस्तो ज्ञात हुन्थ्यो।
तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, चाँडो राम्रा-राम्रा लुगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औंठी पनि लगाईदेऊ अनि खुट्टामा जुत्ता पनि लगाईदेऊ।
ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।
परमेश्वरसित उहाँको ठाँउ उहाँले छोडिदिनु भयो र मानव हुन जन्मनु भयो अनि सेवक हुनु भयो।