Home Bibles ☰ Books 1 शमूएल 18:16 · नेपाली बाइबल
1 शमूएल 18:16 · नेपाली बाइबल

तर इस्राएल र यहूदाका सबै मानिसहरूले दाऊदलाई प्रेम गर्थे किनभने उसले तिनीहरूलाई युद्धमा डोह्राए अनि तिनीहरूको निम्ति युद्ध गरे।

Cross references

गन्ती 27:17

म प्रार्थना गर्छु कि तपाईंले एउटा मानिस अगुवा चुनिदिनु होस् ताकि उसले यी मानिसहरूलाई यस भूमि देखि नयाँ भूमिमा अगुवाई गरेर लानेछ। त्यसो भए परमप्रभुका मानिसहरू गोठाला बिनाका भेंडाहरू जस्ता हुनेछैनन्।”

1 शमूएल 18:5

शाऊलले दाऊदलाई अरू धेरै युद्धहरूमा पठाए। प्रत्येक युद्धमा दाऊदले नै सफलता पाए। त्यसपछि शाऊलले दाऊदलाई सैनिकहरूको जिम्मा दिए। यसो हुँदा सबै खुशी भए, यहाँ सम्म शाऊलका सबै अधिकारी पनि खुशी भए।

2 शमूएल 5:2

जब शाऊल हाम्रा राजा थिए, त्यस समयमा पनि तपाईं इस्राएलका सैनिक अगुवा हुनुहुन्थ्यो। तपाईंले हामीलाई युद्धमा दोह्रोयाउँनु भयो अनि तपाईंले हामीलाई युद्धबाट पछि फर्काएर ल्याउनु भयो अनि परमप्रभुले पनि तपाइलाई घोषणा गरिसक्नु भएकै छ, ‘तिमी मेरा मानिसहरूको गोठालो हुनेछौ, र इस्राएलीहरू माथि शासक हुनेछौ।”‘

1 राजा 3:7

परमप्रभु मेरो परमेश्वर, मेरा पिता दाऊदको स्थानमा मलाई राजा हुने अनुमति दिनु भएको छ। तर म सानो केटा मात्र छु, मानिसहरू दोह्रयाउन गर्ने अनुभवको कामेछ।

एस्तर 10:3

तिनी प्रभावशाली अनि तिनलाई सबै यहूदीहरू खुबै मन पराएका व्यक्ति थिए। तिनी आफ्ना मानिसहरूको कल्याण चाहन्थे अनि आफ्ना सबै सन्तानहरूका निम्ति शान्तिको संन्देश प्रदान गर्न चाहन्थे। 

लूका 19:48

तर यस कामको लागि तिनीहरूले उपाय पाएका थिएनन् किनभने सबै मानिसहरू ध्यान पूर्वक येशूका कुराहरू सुनिरहेका थिए। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र प्रमुखहरुले येशूलाई कसरी मार्न पर्ने हो जान्दैन थिए।

लूका 20:19

येशूले भनेको यो कथा यहूदी प्रमुखहरूले सुने। तिनीहरूकै निम्ति भनिए झैं बुझे। त्यसर्थ तिनीहरूले त्यति बेलै येशूलाई पक्रिने चेष्टा गरे। तर तिनीहरू मानिसहरूसंग डराए।

Interlinear

Choose Theme