दाऊदले तरवार भिरेर यताउता हिँड्ने चेष्टा गर्यो। यसरी शाऊलको पोशाकले दाऊदलाई साह्रै असजिलो बनायो। यस्तो पोशाकको अभ्यास दाऊदलाई थिएन।दाऊदले शाऊललाई भन्यो, “म यसरी लडून सक्दिन मैले तिनीहरूको प्रयोग गरेको छैन।” यसर्थ दाऊदले सबै फूकाले।
Cross references
बरू, म यहूदाको सन्तानलाई दया देखाउँनेछु। यहूदाको सन्तानलाई रक्षा गर्नेछु। तिनीहरूको रक्षा गर्न म न धनु-काँडहरू न तरवारहरू, न घोडाहरू न घोडामा चढने सैनिकहरूकै उपयोग गर्नेछु। म तिनीहरूलाई आफ्नो शक्तिले बचाउँनेछु।
तब उनले मलाई भने, “यो समचार परमप्रभुबाट यरुबाबेललाई दिनुभएको हो, तिम्रो सहाएता अनि तिम्रो बल अनि शक्तिबाट आउँदैन तर सहायता मेरो आत्माबाट आउँनेछ।” सर्वशक्तिमान परमप्रभुले भन्नुभयो।
हामी त्यो हतियारहरू लिएर लडाई गर्छौं जुन संसारले चलाउने हतियाहरहरू भन्दा भिन्दै छ। हाम्रा हतियारहरूमा परमेश्वरको शक्ति छ। यो हतियारले शत्रुहरूको बिलयो दुर्ग समेत नाश पार्न सक्छ। हामी मानिसहरूका र्तकहरू नाश गर्छौं।