यसले गर्दा शाऊलले भने, “सबै नेताहरूलाई मेरो समक्ष बोलाउनु, आज कसले पाप काम गर्यो, बुझौ।
Cross references
“म परमप्रभुलाई देख्न सक्छु, तर अहिले होइन, म उहाँलाई देख्न सक्छु, तर नजीकबाट होइन। एउटा राजा तारा जस्तै याकूबको वंशबाट आउनेछ, इस्राएलका मानिसहरूबाट एक जना शासक जन्मनेछ। मोआबी मानिसहरूको त्यस शासकले टाउको किच्चयाउनुहुनेछ अनि शेतको वंशनै ध्वंश पार्नु हुनेछ।
इस्राएलका मानिसहरूले मेरो विरूद्ध पाप गरेका छन्। तिनीहरूले करार भङ्ग गरे जो मैले तिनीहरूलाई पालन गर्नु भनी आज्ञा गरेको थिएँ। तिनीहरूले ती केही वस्तुहरू लगे जसलाई मैले नष्ट गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले मबाट चोरी गरेका छन्, तिनीहरूले झूटो काम गरेका छन्। तिनीहरूले ती वस्तुहरू आफ्नै निम्ति लगे।
“‘भोलि बिहान तिमीहरू सबै परमप्रभुको समक्ष उभिनु पर्छ। सबै कुल समूहहरू परमप्रभुको सामुन्ने खडा हुनुपर्छ। परमप्रभुले कुनै एक कुल समूहलाई चुन्नुहुनेछ। तब त्यो कुल समूह मात्र परमप्रभुको समक्ष उभिने छन्। तब परमप्रभुले त्यस कुल समूहबाट एक सन्तानलाई छान्नु हुनेछ। तब त्यो सन्तानमात्र परमप्रभुको समक्ष उभिनु पर्छ। त्यसपछि परमप्रभुले त्यो सन्तानका प्रत्येक परिवारलाई हेर्नु हुनेछन्। र परमप्रभुले एक मानिसलाई छान्नु हुनेछन्।
इस्राएलका सम्पूर्ण कुल समूहहरूका अगुवाहरू त्यहाँ थिए। तिनीहरूले परमेश्वरका मानिसहरूको जन सभामा आफ्ना-आफ्ना स्थान ग्रहण गरे। तिनीहरूले त्यस ठाउँमा 4,00,000 सशस्त्र सैनिकहरू ल्याए।
तर आज तिमीहरूले आफ्नो परमेश्वरलाई अस्वीकार गर्यौ। तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबै दुःख र कष्टहरूबाट बचाउनुभयो। तर तिमीहरू भन्छौ, ‘होइन, हामीलाई शासन गर्ने एउटा राजा चाहिन्छ। यसैकारणले अब परमप्रभुको अगाडि परिवारका सदस्यहरू र परिवार समूहहरू लिएर उपस्थित होऊ।”
तर मानिसहरूले भने, “होइन! तपाईं हामीसित नजानुहोस्। कारण के हो भने, यदि हामी युद्धभूमिबाट विमुख भयौं भने अब्शालोमका मानिसहरूलाई प्रभाव पर्दैन। यदि हामी आधा नै मर्यौ भने पनि त्यत्ति फरक पर्दैन। तर तपाईं 10,000 को संख्याका हामीभन्दा महत्वपूर्ण हुनुहुन्छ। तपाईं यही शहरमा बस्नु भए असल हुन्छ। यदि हामीलाई दरकार पर्यो भने सहयोग पुर्याउनुहोस्।”
सबै जाति-जातिका शासकहरू एकार्कासित भेट गर्दछन्। अब्राहामका परमेश्वरको मानिसहरूसँग भेट गर्छन। सबै जातिका सबै शासकहरू परमेश्वरकै हुन। परमेश्वर ती सबैका सर्वोच्च अधिकारी हुनुहुन्छ।
“कुनाको ढुङ्गा, पालको खाँबो, युद्धको धनु अनि अघि बढिरहेका सैनिकहरू पनि यहूदाकोमा आउँनेछ।
येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले यो धर्मशास्त्रमा पढेका छौ‘जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे, त्यही ढुङ्गा मुख्य कुने ढुँङ्गा बन्यो, यो परमप्रभुले गर्नु भएको हो र यो हाम्रो लागि अचम्मको हुनेछ।’
तिमी विश्वासीहरू परमेश्वरका भवन हौ जुन प्रेरितहरू र अगमवक्ताहरूद्वारा जग बसाइएको घडेरीमा बनाइएको छ। ख्रीष्ट स्वयं भवनका जग-ढुङ्गा हुनुहुन्छ।