Home Bibles 1 शमूएल 13:22 · नेपाली बाइबल
1 शमूएल 13:22 · नेपाली बाइबल

यसर्थ युद्धका दिनहरूमा शाऊलका सैनिकसित न त फलामको तरवार थियो न त भाला नै। खालि शाऊल र तिनका छोरा जोनाथनसित फलामको हतियार थियो।

Cross references

न्यायकर्ता 5:8

परमेश्वरले नयाँ अगुवाहरू चुन्नु भयो शहरका द्वारहरूमा लड्नका निम्ति। इस्राएलका 40,000 सेनाहरू मध्ये कसैले पनि एक ढाल अनि एक भाला पाउँन सकेनन्।

1 शमूएल 17:47

यहाँ जम्मा भएका सबै मानिसहरूले बुझ्ने छन् कि परमप्रभुलाई आफ्ना मानिसहरूलाई बचाउँनका निम्ति तरवार र भाला चांहिदैन भनेर। युद्ध परमप्रभुको हो अनि तिमी पलिश्तीहरूलाई हराउनमा परमप्रभुले हामीलाई सहायता गर्नुहुन्छ।”

1 शमूएल 17:50

यसरी दाऊदले पलिश्तीलाई घुँयेत्रोको ढुङ्गाले हिर्काएर हरायो। उसले ढुङ्गाले हिर्कायो अनि पलिश्तीलाई मार्यो। दाऊदसंग तरवार थिएन।

जकरिया 4:6

तब उनले मलाई भने, “यो समचार परमप्रभुबाट यरुबाबेललाई दिनुभएको हो, तिम्रो सहाएता अनि तिम्रो बल अनि शक्तिबाट आउँदैन तर सहायता मेरो आत्माबाट आउँनेछ।” सर्वशक्तिमान परमप्रभुले भन्नुभयो।

1 कोरिन्थी 1:27

तर ज्ञानी मानिसहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरू छान्नु हुन्छ। बलिया मानिसहरूलाई लाज पार्न परमेश्वरले संसारका निर्धा कुराहरू छान्नु हुन्छ।

2 कोरिन्थी 4:7

परमेश्वरले हामीलाई यो धन दिनुभयो। तर हामी यस्तो धन राख्न माटाका भाँडाहरू जस्ता मात्र छौं। यसले बझाँउछ कि यो महान शक्ति परमेश्वरबाट हो, हामीबाट होइन।

Interlinear

Choose Theme