तर यदि तिमीहरूले हठी र लगातार दुष्ट कार्य गरिरह्यौ भनेः परमेश्वरले तिमीहरू र तिमीहरूका राजालाई नष्ट गर्नु हुनेछ।”
Cross references
“परमप्रभु तिमीहरूको परमेश्वरलाई र्नबिस। अन्य देवताहरूको पूजा तथा आराधना नगर, तिनीहरूलाई अनुशरण नगर। यदि त्यसो गर्यौ भने म चेताउनी दिन्छु तिमीहरू निश्चय ध्वंश हुनेछौ।
“तिमीहरूका राजा र तिमीहरूलाई परमप्रभुले तिमीहरूका पिता-पुर्खा तथा तिमीहरूले नचिनेको नदेखेको जातिमा पठाइदिनु हुनेछ। त्यहाँ तिमीहरूले काठ तथा ढुङ्गाले बनिएको झूटो देवताको सेवा गर्नेछौ।
तर यशूरून मोटाए अनि गोरूले झैं लात हाने। हो, तिमीहरूलाई प्रशस्त खुवाइयो र मोटा र पुष्ट भयौ, तब उसले आफ्नै सृष्टि कर्तालाई त्यागे, अनि ऊ त्यस चट्टानबाट भागे जसले उसलाई बचाएको थियो।
यदि तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरसित गरेको करार पालन गर्न अस्वीकार गर्यौ भने यस्तो हुनेछ। यदि तिमीहरूले अन्य देवताहरूको पूजा गर्यौ भने, यो भूमि गुमाउने छौ। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू प्रति परमप्रभु अत्यन्त क्रोधित हुनुहुनेछ। तब उहाँले तिमीहरूलाई दिनु भएको यो उत्तम भूमि तुरन्न्त छोड्न बाध्य तुल्याइने छ।”
तर तिमीहरूले परमप्रभुलाई त्यागनेछौ अनि अन्य देवताहरूको सेवा गर्ने छौ। परमप्रभुले तिमीहरू माथि भयानक घटनाहरू घटाउनु हुनेछ। परमप्रभुले तिमीहरूलाई नष्ट गर्नु हुनेछ। परमप्रभु परमेश्वर तिमीहरू प्रति भलो हुनुहुन्छ। तर यदि तिमीहरू उहाँको विरूद्ध भयौ भने उहाँले तिमीहरूलाई नष्ट गर्नु हुनेछ।”
पलिश्तीहरू इस्राएलको विरूद्धमा लडे अनि इस्राएलीहरू हारेर भागे। गिल्बो पर्वतमा धेरै इस्राएलीहरू मारिए।
तर तिनीहरूले परमेश्वरको आज्ञा पालन गरेनन भने तिनीहरू ध्वंश हुने छन्। तिनीहरू मूर्खहरू जस्तै मर्नेछन्।
ध्यान दिएनौ भने, तिमीहरू मेरो विरोधी हुनेछौ। अनि तिम्रा शत्रुहरूले तिमीहरूलाई नाश गर्नेछन्।”परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।
तर दुष्ट मानिसहरूका लागि यो एकदम अनिष्ट हुनेछ। एकदमै ठूलो दुःख-कष्टहरू उनीहरूमा आइपर्नेछ। तिनीहरूले गरेको जति पनि गल्ती कर्महरूको लागि दण्ड पाउनेछन्।
अब इस्राएलीहरूले भन्नेछन्, “न त हाम्रो कुनै राजा छ न त हामी परमप्रभुलाई मान्छौ अनि उनका राजाले हामीलाई केही पनि गर्न सक्नुहुन्न।”