Home Bibles ☰ Books 1 शमूएल 10:11 · नेपाली बाइबल
1 शमूएल 10:11 · नेपाली बाइबल

ति-जसले शाऊललाई पहिले देखि चिन्थे उनीहरूले शाऊललाई अगमवाणी गरेका देखे। यसर्थ तिनीहरूले एक अर्कासित प्रश्न गर्न थाले, “कीशको छोरालाई के भयो? के शाऊल पनि अगमवक्ताहरू मध्ये एउटा हो?”

Cross references

1 शमूएल 19:24

त्यसपछि शाऊलले आफ्नो लुगाहरू खोल्न थाले। शमूएलको अघि पनि शाऊलले अगमवाणी गरिरहे। शाऊल त्यहाँ दिन रात नाङ्गै लडिरहे।यही कारणले मानिसहरू भन्ने गर्छन्, “के शाऊल पनि अगमवक्ताहरू मध्ये कै एकजना हो?”

मत्ती 13:54

येशू आफू हुर्किएको ठाउँमा पुग्नुभयो। येशूले सभा घरमा तिनीहरूलाई शिक्षा दिनुभयो। मानिसहरू उहाँ देखि अचम्भित भए। यसकारण तिनले आपसमा कुरा गरे, “चमत्कारहरू गर्ने यस्तो बुद्धि र शक्ति यिनले कहाँबाट पाए?

यूहन्ना 7:15

यहूदीहरू छक्क परे। तिनीहरूले भने, “यो मानिस कहिल्यै स्कूलमा पढेन उसले कसरी यति विघ्न कुराहरू जान्यो?”

यूहन्ना 9:8

कोही मानिसहरूले पहिले त्यस मानिसलाई भीख मागिरहेको देखेका थिए। ती मानिसहरू र उनको छिमेकीहरूले भने, “हेर! यो त्यही मान्छे होइन जो सधैं बसेर भिक माग्दथ्यो?”

प्रेरित 2:7

यी सबै यहूदीहरू यसमा आर्श्चय चकित भए। तिनीहरूले बुझेनन् कि कसरी प्रेरितहरू यस्तो गर्न सक्षम भए। तिनीहरूले भने, “हेर! यी मानिसहरू जो बोलिरहेका छन् तिनीहरू सबै गालीलबाट आएका हुन्।

प्रेरित 3:10

अब तिनीहरूले त्यही मानिसहरूलाई हिंड्दै र प्रभुको स्तुति गाउँदै गरेको देखे। मानिसहरू छक्क परे। तिनीहरूले यो कसरी हुन सक्यो भनेर बुझ्न सकेनन्।

प्रेरित 4:13

यहूदी अगुवाहरूले जाने कि पत्रुस र यूहन्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पत्रुस र यूहन्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पत्रुस र यूहन्ना येशूसंगै रहन्थे भनेर थाहा पाए।

प्रेरित 9:21

सबै मानिसहरू शावलको त्यस्तो कुरा सुनेर छक्क परे। तिनीहरूले भने, “यो त्यही मानिस होइन जो यरूशलेममा थियो अनि यही नाउँमा विश्वास गर्ने मानिसहरूलाई नष्ट गर्ने प्रयास गर्दै थियो? के ऊ यहाँ येशूका चेलाहरूलाई पक्रन अनि तिनीहरूलाई यरूशलेममा मुख्य पूजाहारीहरूकहाँ लान आएको होइन?”

Interlinear

Choose Theme