त्यस वर्ष एल्कानाले परमेश्वरसित राखेको भाकल पूरा गर्न र बलि चढाउन (शीलोमा) गए। उनका परिवारका अरू सदस्यहरू पनि गए।
Cross references
म अब्राहामसित राम्रो सम्बन्ध राख्न आएकोछु जसले गर्दा उ आफ्ना नानीहरू अनि सन्तानहरूलाई सही र स्वच्छ के हो त्यो गर्न सिकाउन सक्छ ताकि तिनीलाई जे प्रतिज्ञा गरेको छ त्यो हुन दिन्छु।”
त्यही ठाउँमा होमबलि, बलिदान दशांश अन्न तथा पशु उपहार, विशेष उपहार, भाकल राखिएको उपहार अथवा तिमीहरूले परमप्रभुलाई चढाउन इच्छा गरेको कुनै विशेष उपहार तथा आफ्नो घरमा पहिले जन्मिएको पशु सब चढाउन त्यही ठाउँमा पुर्याउनु पर्छ।
तब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न जुन एउटा ठाउँ चुन्नुहुन्छ त्यहीं मैले दिएको आज्ञा अनुसार होमबलि, बलिदानहरू, तिमीहरूको अन्न तथा पशुको दशांश, विशेष बलि तथा परमप्रभुलाई चढाउन भाकल गरेको असल असल चीजहरू त्यहाँ ल्याउनु पर्छ।
“तर हुन सक्छ, तिमीहरू परमप्रभुको सेवा गर्न चाहँदैनौ। कसलाई सेवा गर्छौ त्यो तिमीहरूले निर्णय लिनु पर्छ। के तिमीहरू, तिमीहरूका अगुवाहरूले यूफ्रेटिस नदीको पारिपट्टि बस्दा पूजेका झूटा देवताहरूको सेवा गर्छौ? अथवा, यो भूमिमा बस्ने एमोरी मानिसहरूका देवताको सेवा गर्छौ? तिमीहरू आफैंले चुन्नु पर्छ। तर म अनि मेरो घरनाले भने परमप्रभुकै सेवा गर्ने छौं।”
परमप्रभु सर्वशक्तिमानको अघि आराधना गर्न र बलि चढाउन प्रत्येक वर्ष एल्काना रामाबाट शीलोमा जाने गर्थे। शीलोमा परमप्रभुका पूजाहारीको रूपमा होप्नी र पीनहासले सेवा गर्थे। यी दुइ एलीका छोरा थिए।
म सतर्कतासाथ शुद्ध जीवन जिउनेछु। म मेरो घरमा शुद्ध प्रकारले जिउनेछु। परमप्रभु तपाईं मकहाँ कहिले आउनुहुनेछ?