Home Bibles ☰ Books 1 पत्रुस 5:11 · नेपाली बाइबल
1 पत्रुस 5:11 · नेपाली बाइबल

सबै शक्ति सदा-सर्वदा उहाँकै रहने छ। आमिन।

Cross references

रोमी 11:36

हो, परमेश्वरले सबै थोक सृजना गर्नुभयो। सबै कूरा उहाँकै कारणले र उनैका निम्ति चलिरहेछ। परमेश्वरको महीमा रहिरहोस्! आमिन।

1 पत्रुस 4:11

मनिस जो बोल्छ उसले परमेश्वरको बचन बोल्नुपर्छ। मानिस जसले सेवा गर्छ उसले त्यो शक्तिद्वारा सेवा गर्नु पर्छ जो परमेश्वरले दिनु भएकोछ। तिमीहरुले त्यस प्रकारले कार्य गर्नु पर्छ जसद्वारा प्रत्येक कुरामा येशू ख्रीष्ट मार्फत परमेश्वर प्रशंसनीय हुनु हुनेछ। शक्ति अनि महिमा सदा सर्वदा उहाँके हो। आमिन।

प्रकाश 1:6

येशूले हामीलाई एउटा राज्यमा परिणत गर्नुभयो। उहाँले आफ्नो पिताको सेवाको लागि हामीलाई पूजाहारीहरु बनाउनु भयो। सदाका निम्ति येशूमा माहिमा अनि शक्ति रहिरहोस्। आमिन।

प्रकाश 5:13

तब मैले स्वर्गमा भएका, पृथ्वीमा भएका, पृथ्वी मूनि भएका अनि सागरमा भएका हरेक सजीव वस्तुहरुलाई भन्दै गरेको सुनें। मैले तिनीहरु सबैले यो भनेको सुनें“उहाँ एक, जो सिंहासनमा बस्नु भएकोछ, उहाँ अनि भेंडाको पाठाप्रति सम्पूर्ण स्तुति अनि सम्मान अनि गौरव अनि शक्ति सदा सर्वदा रहून्।”

Interlinear

Choose Theme