तिमीहरु कसैले पनि हत्यारा, चोर अनि नराम्रो कर्म गर्ने अथवा अर्काको विषयमा हस्तक्षेप गर्नेहरु जस्तो यातना भोग्न नपरोस्।
Cross references
“धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झूटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ।
शातिपूर्ण जीवन बाँच्ने कोशिश गर। आफ्नै धन्धा याद गर, आफ्नै हातले काम गर। हामीले तिमीहरूलाई यी कार्यहरू गर भनी बातइसकेका छौं।
हामीले सुनेका छौं तिमीहरू मध्ये कसै-कसैले पटक्कै काम गर्दैनन् र अर्काको काममा हस्तक्षेप मात्र गरिहिंडछन्।
यस बाहेक, ती तरूणी विधवाहरू घर-घर घुम्ने, कुरउटे हुने र अर्काको जीवनमा हस्तक्षेप गर्ने बानी लिन्छन् अनि नगर्नु पर्ने कुराहरूमा समय बिताउँछन्।
अनि त्यो सुसमाचार भन्दा मैले दुःख पाइरहेछु। अपराधीलाई जस्तै साङ्गलोले बाँधिने अवस्थामा मैले कष्ट पाइरहेछु। तर पमेश्वरको शिक्षा साङ्गलाद्वारा बाँधिंदैन।
एक व्यक्तिले कुनै नराम्रो काम नगरेको भए तापनि यातना भोग्नु पर्छ, तर यदि त्यस व्यक्तिले परमेश्वरलाई सम्झन्छ अनि पीडा सहन्छ भने त्यसले परमेश्वरलाई खुशी तुल्याउँछ।
सुकर्म गरेर यातना भोग्नु कुकर्म गरेर सुख भोग्नु भन्दा उत्तम हो। यही सबै भन्दा उत्तम हो, यदि परमेश्वरले चाहनु भएको त्यही हो भने।