तब उनले परमेश्वरसँग ठूलो स्वरमा इस्राएलका मानिसहरूलाई आशीष दिने बिन्ती गरे। सुलेमानले भनेः
Cross references
जब मोशाले प्रत्येक चीजहरू परमप्रभुले आज्ञा गरे अनुसार मानिसहरूले बनाएको देखे, उनले तिनीहरूलाई आशीर्वाद दिए।
“हारून र उसका छोराहरूलाई भन, तिमीहरूले यस प्रकारले इस्राएलका मानिसहरूलाई आशीर्वाद देऊ। तिनीहरूलाई आशीर्वाद दिदाँ यसो भन्नु।
होमबली र मेलबली चढाइसके पछि दाऊदले सर्वशक्तिमान परमप्रभुको नाममा मानिसहरूलाई आशीर्वाद दिए।
इस्राएलका सबै मानिसहरू त्यहाँ उभिएका थिए। यसर्थ राजा सुलेमान तिनीहरूतिर फर्किए अनि परमेश्वरलाई तिनीहरूका लागि आशीर्वाद दिने बिन्ती गरे।
दाऊदले होमबलि अनि मेलबलि चढाइसकेपछि तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए।
जब हिजकियाह अनि प्रमुखहरू आए तिनीहरूले चीज-बीजका राश देखे जो संग्रह गरिएका थिए। तिनीहरूले परमप्रभु अनि उहाँका मानिसहरूको, इस्राएलका मानिसहरूको प्रशंसा गरे।