“हे परमप्रभु परमेश्वर, कृपया मेरो प्रार्थना सुनिदिनु होस् अनि इस्राएलका आफ्ना मानिसहरूको प्रार्थना सुनिदिनु होस्। तिनीहरूको प्रार्थना कुनै पनि बेला सुनिदिनुहोस् जब तिनीहरू सहायताका लागि तपाईंसंग बिन्ती गर्छन्।
Cross references
विगतमा तपाईंले भन्नु भएको थियो, ‘मेरो सत्कार गरिनेछ।’ यस कारण यस मन्दिरलाई रात-दिन हेर्नुहोस्। यस मन्दिरमा गरेको प्रार्थना सुनीदिनुहोस्।
अब, मेरा परमेश्वर, म तपाईंसँग याचना गर्छु, तपाईंको आँखा अनि तपाईंको कान खोली दिनुहोस्। हामीले यस स्थानमा गरेका प्रार्थनाहरू सुनिदिनुहोस् अनि त्यस प्रति ध्यान दिनुहोस्।
हे स्वामी, तपाईं धर्मी र दयालु हुनुहुन्छ। तपाईका मानिसहरू तपाईंलाई सहयोग माग्छन्, तपाईं ती मानिसहरूलाई साँच्चि नै प्रेम गर्नुहुन्छ।
जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ। जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।