Home Bibles 1 राजा 6:16 · नेपाली बाइबल
1 राजा 6:16 · नेपाली बाइबल

तिनीहरूले मन्दिरको पछिल्तिर 20 हात लामो अनि गहिरो एउटा कोठा बनाएका थिए। तिनीहरूले यस कोठाका भित्ताहरूमा ठोकेका थिए। यस कोठालाई महा पवित्र स्थान भनिन्थ्यो।

Cross references

प्रस्थान 25:21

म तिमीलाई करार पत्र दिन्छु र त्यो तिमीले सन्दूक भित्र ढकनी लगाएर राख्नु पर्छ।

प्रस्थान 26:23

पवित्र पालको पछिल्लो भागको कुनामा दुइवटा फल्याकहरू बनाऊ।

प्रस्थान 26:33

करारको सन्दूकलाई पर्दाको पछाडी राख। यस पर्दाले पवित्र स्थानलाई महापवित्र स्थानबाट छुट्टाउँछ।

लेवी 16:2

परमप्रभुले भन्नुभयो, “तेरो दाज्यू हारूनलाई भन। उसलाई सम्झाऊ उसको इच्छा अनुसार जतिबेला चाह्यो त्यतिबेला पर्दा पछाडी महा-पवित्रस्थान जहाँ पवित्र सन्दूक राखिएको छ त्यहाँ कहिले पनि नजाऊन। यस पवित्र सन्दूकमाथि भएको कृपा-आसन छ अनि म त्यो कृपा-आसनमाथि बादलमा दर्शन दिन्छु। यदि हारून त्यस कोठामा गए ऊ मर्न सक्छ।

1 राजा 6:5

तब सुलेमानले मन्दिरको मुख्य भागको वरिपरि कोठाहरूको लहर बनाए। यी कोठाहरू एका अर्काको माथि बनाइएका थिए। कोठाहरूको लहर तीन तल्ला अग्लो थियो।

1 राजा 6:19

सुलेमानले मन्दिरको पछाडी तल गहिरो कोठा बनाए। यो कोठा परमप्रभुको करारको सन्दूकको लागि थियो।

1 राजा 8:6

तब पूजाहारीहरूले परमप्रभुकोको करारको सन्दूकलाई यथा स्थानमा स्थापित गरे। यो ठाउँ मन्दिरमा महा पवित्र स्थानको भित्र थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूको पंखेटाको तल स्थापित गरियो।

2 इतिहास 3:8

त्यस पछि सुलेमानले महा पवित्रस्थान बनाए। त्यो महा पवित्रस्थान 20 हात लामो अनि 20 हात चौडा थियो। त्यो मन्दिर जत्तिकै चौंडादार थियो। सुलेमानले महा पवित्र स्थानको भित्ता सुनले मोहोरे। सुनको तौल प्रायः 600 तोडा किलोग्राम थियो।

इजकिएल 41:4

त्यसपछि त्यो मानिसले कोठाको लम्बाई नाप्यो। त्यो बीस हात लामो अनि बीस हात चौडा थियो। त्यस मानिसले मलाई भन्यो, “यो चाहिँ महापवित्र स्थान हो।”

इजकिएल 45:3

त्यस अति पवित्र-स्थानमा तिमीले 25,000 हातलामो अनि 10,000 हातचौडा नाप्नेछौ। मन्दिर यस क्षेत्रमा हुन्छ। मन्दिरको क्षेत्र महापवित्र स्थान हुनेछ।

हिब्रू 9:3

दोस्रो पर्दा पछिल्तिर, दोस्रो कोठा हुन्थ्यो जसलाई महा-पबित्रस्थान भनिन्थ्यो।

Interlinear

Choose Theme