Home Bibles 1 राजा 5:15 · नेपाली बाइबल
1 राजा 5:15 · नेपाली बाइबल

सुलेमानले पर्वतीय क्षेत्रमा 80,000 मानिसहरूलाई काममा लगाए। ती मानिसहरूको काम चट्टान काट्नु थियो। चट्टान बोक्ने मानिसहरू 70,000 थिए।

Cross references

यहोशू 19:29

त्यसपछि त्यो सीमाना दक्षिणमा रामा तिर फर्केको थियो। त्यो सीमाना टायरको सुदृढ शहर तर्फ लगातार फैलिएर गएको थियो। त्यसपछि त्यो सीमाना घुमेर होसातिर गएको थियो। त्यो सीमाना अक्जीब,

2 शमूएल 5:11

सोरका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदारूको काठ सिकर्मी र डकर्मीहरू पनि पठाए। तिनीहरूले दाऊदको लागि एउटा महल बनाए।

1 राजा 9:20

ती ठाउँहरूमा जो मानिसहरू थिए तिनीहरू इस्राएली थिएनन्। ती मानिसहरू एमोरी, हित्ती, परिज्जी, हिब्बी अनि यबूसी थिए।

1 इतिहास 14:1

हीराम सोर शहरका राजा थिए। हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदार बृक्षका मूढाहरू, डकर्मी र सिकर्मीहरू पनि दाऊद कहाँ पठाए। हीरामले ती दाऊदको निम्ति महल निर्माण गर्नलाई पठाए।

2 इतिहास 2:1

सुलेमानले परमप्रभुको नाउँको सम्मानका निम्ति एउटा मन्दिर निर्माण गर्ने योजना गरे। सुलेमानले आफ्नै निम्ति पनि एउटा राजमहल निर्माण गर्ने योजना गरे।

2 इतिहास 2:2

सुलेमानले 70,000 भारी बोक्नेहरू अनि पहाडमा ढुङ्गा काट्नका निम्ति 80,000 डकर्मीहरू ल्याए। सुलेमानले काम गर्नेहरूको देख-रेख गर्नलाई 3,600 मानिसहरू चुने।

2 इतिहास 2:17

तब सुलेमानले इस्राएलमा बस्ने सबै विदेशीहरूको गन्ती लिए। यो त्यस समय पछि भयो जब दाऊदले मानिसहरूको गणना गरेका थिए। दाऊद सुलेमानका पिता थिए। तिनीहरूले देशमा 1,53,600 विदेशीहरू भेट्टाए।

2 इतिहास 8:7

त्यहाँ धेरै संख्यामा विदेशीहरू बाँकीरहेका थिए, जहाँ इस्राएलका मानिसहरू बस्थे। तिनीहरू हित्ती, एमोरी, परिज्जी, हिव्वी अनि यबूसीहरू थिए। सुलेमानले तिनीहरूलाई सबै दास-कर्मीहरू बन्न बाध्य तुल्याए। यो आजसम्म चलिरहेको छ। ती मानिसहरू इस्राएलका मानिसहरूबाट थिएनन्।

एज्रा 2:58

समस्त मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूको संख्या 392 थियो।

नहेम्याह 7:57

सुलेमानका सेवकहरूका कुलहरूःसोतैइ, सोपेरेत, परीदा

नहेम्याह 7:60

शबै मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका कुलहरू 392

भजनसंग्रह 45:13

राजकुमारी सुनको धागोले बुनेको पोशाकमा सजिएकी छिन्।

Interlinear

Choose Theme