Home Bibles 1 राजा 4:7 · नेपाली बाइबल
1 राजा 4:7 · नेपाली बाइबल

इस्राएललाई बाह्रवटा क्षेत्रहरूमा विभाजन गरिएको थियो जसलाई जनपद भनिन्थ्यो। सुलेमानले प्रत्येक जनपदको राजपाल छान्ने गर्दथे। राजपाललाई आफ्नो जनपदबाट खाद्य संकलन गर्ने अनि राजा तथा उनको परिवारलाई खाद्यान दिने आदेश दिइएको थियो। प्रत्येक वर्षको एक महीनामा राजालाई खाद्यान सामग्री जम्मा गर्ने दायित्व बाह्र जना राजपालहरू माथि थियो।

Cross references

1 राजा 4:5

नातानका छोरा अजर्याह। अजर्याह जिल्ला राजापालको हाक्किम थिए।नातानका छोरा याबूद। याबूद राजा सुलेमानका सल्लाहकार अनि पूजाहारी थिए।

1 राजा 5:7

जब हीरामले सुलेमानले मागेको कुरा सुने, उनी औधी खुशी भए। राजा हीरामले भने, “यो विशाल राष्ट्रको शासन गर्ने बुद्धिमान छोरा दाऊदलाई दिएकोमा आज म परमप्रभुलाई धन्यवाद दिन्छु!”

1 इतिहास 27:1

यी इस्राएलीहरूको सूची हो जसले सेनामा राजाको सेवा गर्थे। प्रत्येक समूहले प्रत्येक वर्ष एक महीना काम गर्दथै। त्यहाँ परिवारका अगुवाहरू हजार जना सेनाध्यक्षहरू, सहायक सेनाध्यक्षहरू, अधिकारीहरू, जसले राजाको सेवा गर्थे। प्रत्येक सैन्य समूहमा 24,000 मानिसहरू थिए।

Interlinear

Choose Theme