1 राजा 3:17 · नेपाली बाइबल
एक जना स्त्रीले भनी, “महाराज, यो स्त्री र म एउटै घरमा बस्छौं। हामी दुवै जना गर्भवती थियौं अनि नानी जन्माउने बेला भएको थियो। मैले मेरो नानी जन्माएँ त्यस बेला ऊ मसँगै थिई।
Cross references
उत्पत्ति 43:20
तिनीहरूले भने, “महाशय, म प्रतिज्ञा गर्छु यो सत्य हो, अस्तिको पाली हामी अन्न किन्न आयौं।
रोमी 13:7
तिमीले जे दिनुपर्छ सबै मानिसलाई देऊ। तिमीले जसलाई कर र महसूल तिर्नु परेको हुन्छ उसलाई तिर। आदर गर्नुपर्ने मानिसलाई आदर गर। सम्मान गर्नु पर्ने मानिसलाई सम्मान गर।