जना रथ सेनापतिहरू थिए। राजाले इस्राएलको राजा बाहेक, तिनीहरूको उच्चपदको वास्ता नगर्ने कसैसित पनि युद्ध नलड्ने आज्ञा दिनु भएको थियो। यसकारण युद्धको समयमा यी सेनापतिहरूले राजा यहोशापातलाई देखे। सेनापतिहरूले सोचे, उनी नै इस्राएलका राजा हुन्। यसकारण तिनीहरू उनलाई मार्न हिंडे। यहोशापात चिच्याउन थाले।
Cross references
इस्राएलीले फिरऊनलाई उसका मिश्रदेशीहरूसित आउँदै गरेको देखे। तिनीहरू साह्रै डराएका थिए अनि तिनीहरूले परमप्रभुलाई गुहार मागे।
जब रथका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले ठाने, “त्यहाँ इस्राएलका राजा आहाब छन्।” तिनलाई आक्रमण गर्न तिनीहरू यहोशापात तिर फर्के। तर यहोशापात कराए अनि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। परमेश्वरले रथका सेनापतिहरूलाई यहोशापात देखि टाढा हुन दिनु भयो।
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकारा गर म सहयोग गर्नेछु। अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”
मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्। अनि म तिनीहरूलाई जवाफ दिने छु म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु, म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु।
जब परमप्रभुले मेरो प्रार्थना सुन्नु हुँदछ त्यो मलाई मन पर्दछ।
हे परमप्रभु, म गहीरो संकटमा छु। यसैकारण म तपाईंलाई गुहार मान्छु।
जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु;ख पाउँछ।
योनाले माछाको पेटभित्रबाट परमप्रभु आफ्ना परमेश्वरलाई प्रार्थना गरे।