Home Bibles 1 राजा 21:22 · नेपाली बाइबल
1 राजा 21:22 · नेपाली बाइबल

म तिम्रो परिवारलाई नबातको छोरा यारोबामको परिवार जस्तैं अनि अहियाका छोरा बाशाको परिवार जस्तैं बनाउनेछु। म तिमीलाई यस्तो गर्नेछु किनभने तिमीले मलाई रीस उठाएकाछौ। तिमीले इस्राएलका मानिसहरूलाई पाप गर्न लगायौ।

Cross references

1 राजा 12:30

तर यो एउटा धेरै ठूलो पाप थियो। इस्राएलका मानिसहरू बाछाहरूको पूजा गर्नका लागि बेतेल र दान शहरहरूमा यात्रा गरे।

1 राजा 14:16

यारोबामले पाप गरे अनि यारोबामले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए। यसकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई पराजित गराउनु हुन्छ।”

1 राजा 15:29

बाशा जब नयाँ राजा भए, उनले यारोबामको परिवारको प्रत्येक सदस्यलाई मारे। बाशाले यारोबामको परिवारको कसैलाई पनि जिउँदो छोेडेनन्। परमप्रभुले जसरी हुनुपर्छ भन्नुभएको थियो यो घट्ना त्यसरी नै भयो। परमप्रभुले शीलोबाट आफ्नो सेवक अहियाह मार्फत भन्नुभएको थियो।

1 राजा 15:34

तर बाशाले त्यही सब कामहरू गरे जसलाई परमप्रभुले भूल कामहरू थिए भनि भनेको थियो। उनले पनि ती पापहरू गरे जो यारोबामले गरेको थियो। यारोबामले पनि इस्राएलीहरूलाई पाप गर्न लगाए।

1 राजा 16:3

यसकारण नै म तिमी, बाशा र तिम्रो परिवारलाई नष्ट पार्नेछु। म तिमी सित त्यस्तैं व्यवहार गर्नेछु जस्तो मैले नबानतका छोरा यारोबामको परिवार सित गरेको थिएँ।

1 राजा 16:11

जिम्री नयाँ राजा भएपछि उनले बाशाको परिवारका सबैलाई मारे। उनले बाशाको परिवारका मानिसहरूमा एक जनालाई पनि जिउँदो छोडेनन्। जिम्रीले बाशाका साथीहरूलाई पनि मारे।

1 राजा 16:26

उनले त्यही पाप गरे जुन नबातका छोरा यारोबामले गरेका थिए। यारोबामले इस्राएली मानिसहरूलाई पाप गर्न लगाए। यसकारण तिनीहरूले इस्राएलका परमप्रभु परमेश्वरलाई रीस उठाए। परमप्रभु रिसाउनुभो किनभने तिनीहरूले अर्थहीन मूर्तिहरूको पूजा गरे।

2 राजा 9:9

म आहाबको परिवारलाई नबातको छोरा यारोबाम वा अहियाहका छोरा बाशाको परिवार जस्तो बनाउने छु।

2 राजा 10:10

तिमीहरूलाई थाह हुनु पर्छ परमप्रभुले भनेको प्रत्येक कुरो पूरा हुन्छ। अनि परमप्रभुले आहाबको परिवारको विषयमा यी कुरा भन्नका लागि एलियालाई प्रयोग गरे। अहिले परमप्रभुले त्यही काम गर्नुभयो जो उहाँले गर्छु भन्नुभएको थियो।”

Interlinear

Choose Theme