तब एलियाले वेदीमाथि दाऊरा राखे। उनले साँढेलाई टुक्रा-टुक्रा पारेर काटे। उनले टुक्राहरू दाउरामाथि राखे।
Cross references
तिनीहरू त्यही निर्दिष्ट जग्गामा पुगे जहाँ परमेश्वरले अह्राउनु भएको थियो। त्यहाँ अब्राहामले वेदी बनाए अनि त्यसपछि वेदी माथि दाउरा राखेर आफ्नो छोरोलाई बाँधी वेदीमाथि राखिएको दाउरामाथि राखे।
तब त्यो बाछो अथवा पशुको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा पारियोस्।
हारूनका छोराहरू अर्थात पूजाहारीहरूले वेदीमा बलेको आगोमाथि बाछो अथवा पाठोको टाउका टुक्राहरूको बोसो वेदीको आगोको दाउरा माथि मिलाएर राखुन्।
परमेश्वरका दूतले गिदोनलाई भने, “त्यो मासु अनि अखमिरे रोटी त्यो चट्टान माथि राख्। त्यसपछि पानी खन्या।” गिदोनले उसलाई स्वर्गदूतले भने जस्तै गरे।
यस कुरामा नबूकदनेस्सर राजा शद्रक, मेशक अनि अबेद्नगोमाथि साह्रै रिसाए। उनको अनुहार रातो भयो।
तब राजाले भने, “तब कसरी म चार जना मानिसहरू खुल्ला भएर आगोमा हिँडको देख्दैछु। त्यो चौथौ मानिस परमेश्वरको पुत्र जस्तै छ।”
येशूले भन्नुभयो, “ढुंगा हटाऊ।”मार्थाले भनिन्, “तर प्रभु लाजरस मरेको चार दिन भइसक्यो तपाईंलाई नराम्रो गन्ध आउनेछ।” मार्था लाजरसको बहिनी थी।
तर जब ती सिपाहीहरू येशूको छेऊमा गए, तिनीहरूले देखे उहाँ अघि नै मरिसक्नु भएको थियो। यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्।