जब स्त्री पानी लिन जान लागेकी थिईन, एलियाले भने, “कृपया, मेरो निम्ति केही रोटी पनि ल्याऊ।”
Cross references
म तपाईंहरूको निम्ति केही रोटी ल्याउनेछु र तपाईंहरूको इच्छा अनुसार खान सक्नु हुन्छ। त्यसपछि तपाईंहरू आफ्नो गन्तव्य स्थानतिर प्रस्थान गर्न सक्नु हुन्छ।” तीनैजनाले भने, “यो अति नै असल कुरो हो र तपाईं जस्तो ठीक सम्झनु हुन्छ त्यही गर्नुहोस्।”
रिबेकाले तुरन्तै काँधबाट गाग्री तल राखेर उसलाई पानी पिउन दिइ। उनले भनी, “महाशय, पानी पिउनुहोस्।” उनले त्यस नोकरलाई केही पानी पिउन दिइ शेष मात्र गरेकी थिइ।
“सीदोनमा सारपत जाऊ। त्यही बस। त्यस ठाउँमा एउटी आइमाई छ जसको पति मरेको छ। मैले उसलाई तिम्रो लागि खाद्य दिनु भनी आदेश दिएको छु।”
एक समय जब ईजेबेल सबै परमप्रभुका अगमवक्ताहरूको हत्या गरिहरेकी थिई, त्यस बेला ओबद्याले 100 अगमवक्ताहरूलाई लिएर गए अनि तिनीहरूलाई दुइवटा ओढारमा लुकाए। ओबद्याले 50 जना अगमवक्ताहरूलाई एउटा ओढारमा अनि अरू 50 जनालाई अर्को ओढारमा लुकाए। तब ओबद्याले तिनीहरूका लागि खाद्य र पानी ल्याए।
यदि कसैले मलाई पछ्याउनेले यी सानाहरू मध्ये कसैलाई सहायता गर्ला, उसले आफ्नो इनाम पाउनेछ। त्यस मानिसले एक मात्र दिए पनि मबाट ठूलो इनाम पाउनेछ।’
यो तिमीहरूको राज्य हो, किनभने म भोकाएको बेला तिमीहरूले मलाई खाना दिएका थियौ। म तिर्खाएको बेला तिमीहरूले मलाई पानी पिउन दिएका थियौ। म एक्लै र घरबाट टाडिएको थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा स्वागत गरेका थियौ।
मानिसहरूलाई अतिथी सत्कार दिएर सहायता गर्न कहिल्यै नभुल। यसो गर्दा कसैले अन्जानमै स्वर्गदूतहरूको सहायता गरे।