Home Bibles ☰ Books 1 राजा 14:30 · नेपाली बाइबल
1 राजा 14:30 · नेपाली बाइबल

रहबाम र यारोबाम सधैं नै एका अर्कासँग युद्ध गरिरहन्थे।

Cross references

1 राजा 12:21

रहबाम यरूशलेम फर्किए। उनले यहूदा अनि बिन्यामीनको कुल समूहहरूलाई जम्मा गरे। त्यो 1,80,000 सैनिकहरूको फौज थियो। सुलेमानका छोरा रहबाम इस्राएलका मानिसहरूको विरूद्ध लडाँइ गर्न चाहन्थे। उसले उसको राज्य फिर्ता लिन चाहन्थे।

1 राजा 12:24

उनीहरूलाई भन, ‘परमप्रभुले भन्नुहुन्छ तिमीहरूले आफ्ना दाज्यू-भाइहरूको विरोध गर्नु हुँदैन। तिमीहरू मध्ये प्रत्येकले घर फर्किनु पर्छ। मैले नै यी घटनाहरू हुने बनाएको हुँ।”‘ यस कराण रहबामको फौजका सैनिकहरूले परमप्रभुको आदेश पालन गरे। तिनीहरू सबै घर फर्किए।

1 राजा 15:6

रहबाम र यारोबामको बिचमा युद्ध अबियामको जीवन भरी नै चलिरह्यो।

1 राजा 15:16

राजा आसा यहूदाका राजा भएको समयमा उनी सधैं इस्राएलका राजा बाशाको विरोधमा लडिरहेको हुन्थे।

2 इतिहास 12:15

रहबामले आफू राजा हुँदा शुरूदेखि अन्त सम्मको आफ्नो शासनमा जे जति कुराहरू गरे ती शमायाह अगमवक्ताका लेखहरूमा अनि इद्दो, दर्शीका लेखहरूमा लेखिएका छन्। ती पुस्तकहरू वंशावलिहरू जस्तै लेखीएका छन्। अनि रहबाम र यारोबाम माझ, दुवै राजाहरूको शासनकालभरी युद्ध चलिरह्यो।

Interlinear

Choose Theme