परमप्रभुले मलाई कुनै चिज नखानु अथवा नपिउनु भनी आदेश दिनु भएको छ। परमप्रभुले मैले आउँदा प्रयोगगरेको बाटोमा पनि न हिंड्नु भनी आदेश दिनुभएको थियो।”
Cross references
मोशाले सबै मानिसहरूलाई चेतावनी दिंदै भने, “यी दुष्ट मानिसहरूको पालबाट तिमीहरू निस्केर जाऊ। तिनीहरूको कुनै पनि चीज स्पर्श नगर। यदि तिमीहरूले छोयौ भने तिनीहरूले गरेको पापले तिमीहरू ध्वंश पारिनेछौ।”
केही नराम्रा मानिसहरू आफ्नै जाति भित्रका शहरबासीहरूलाई नराम्रो काम गर्न फकाउँदैछन्। तिनीहरू आफ्नै शहरका मानिसहरूलाई भन्न सक्छन्, ‘हामी अरू देवताहरूको सेवामा जाऊँ।’ (ती देवताहरू तिमीहरूले कहिले पनि नदेखेका नजानेका हुन सक्छन्)।
शमूएलले जवाफ दिए, “परमप्रभुलाई के ले खुशी पार्छ होमबलि र बलिदानहरू चढाएर कि उहाँको आज्ञालाई पालन गरेर? उहाँलाई बलि भेट दिएर भन्दा उहाँको प्रत्येक आदेशलाई पालन गर्नु राम्रो हो। भेडाको बोसो चढाउनु भन्दा पहिले परमेश्वरको वचन सुन्नु नै राम्रो हो।
परमप्रभुले यहूदाका एक जना परमेश्वरको जनलाई अगमवक्तालाई बेतेल शहरमा जाने आदेश दिनुभयो। राजा यारोबाम वेदीमा उभिएर धूपबत्ती बालि रहेका थिए तब परमेश्वरको जन त्यहाँ पुगे।
यसकारण परमेश्वरको जन बूढा अगमवक्ताको घर गए अनि उनी सँगै खान-पीन गरे।
अनि बूढा अगमवक्ताले परमेश्वरको जनसँग कुरा गरे जो यहूदाबाट आएका थिए। उनले भने, “परमप्रभुले भन्नुभयो कि तिमीले उहाँको आदेश पालन गरेका छैनौ! परमप्रभु तिम्रा परमेश्वरले जो आदेश तिमीलाई दिएको थिए त्यो तिमीले पालन गरेका छैनौ।
मैले सँधै परमेश्वरको आज्ञाको पालन गरे। परमेश्वरले भन्नु भएका वचनहरू मैले मेरो हृदयमा संचय गरिराखेको छु।
मलाई नराम्रो कुरा गर्ने चाहना तर्फ नफर्काउनु होस्, जब दुष्ट मानिसहरूले अनुचित काम गर्छन् मलाई दुष्ट तिनीहरूसित सामिल हुन देखि जोगाउनु होस्। मलाई ती कुराहरूमा सहभागी हुन देखि जोगाउनु होस, जुन कुरामा ती दुष्ट मानिसहरूले आनन्द लिइरहेका हुन्छन्।
यदि तिमीहरूले यी कुराहरू जान्दछौ, गर्यौ भने सुखी हुनेछौ।
म तिमीहरूलाई प्रेम गर्दछु जसरी मलाई पिताले गर्नुहुन्छ। अब मेरो प्रेममा निरन्तर रहौ।
तिमीहरू मेरा मित्र हौ यदि तिमीहरूले मेरो आज्ञ अनुसार काम गरयौ भने।
दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, परस्परमा फूट ल्याउनेहरूसँग होशियार बस। अरूहरूको विश्वासमा बाधा ल्याउनेहरूसँग पनि होशियार बस। तिमीहरूले पाएको शिक्षाको उल्टो तिनीहरूले सिकाउँछन्। ती मानिसहरूबाट अलग बस।
म यति नै भन्नलाई यो लेख्दैछु कि कुनै यस्तो मानिसको चाँहि संगत नर्गनु जो आफूलाई ख्रीष्टमा भाइ हुँ भन्छ तर व्यभिचार गर्छ वा स्वार्थी हुन्छ वा मूर्तीको पूजा गर्छ वा मानसिको निन्दा गर्छ वा मात्छ वा अरूलाई ठग्छ। यस्ता व्यक्तिससँग खाना पनि नखाऊ।
अन्धकारका मानिसहरूले गर्ने काम नगर। त्यस्ता कामहरूले ती अंध्याराका कामहरू मिथ्या हुन भन्ने देखाऊ।
यदि कुनै मानिस यो शिक्षा बिना तिम्रोमा आँउछ भने तिम्रो घरमा उसलाई नलैजाऊ अथवा त्यसलाई स्वागत नगर।