Home Bibles 1 राजा 13:30 · नेपाली बाइबल
1 राजा 13:30 · नेपाली बाइबल

बूढा अगमवक्ताले त्यसलाई आफ्नो परिवारको चिहानमा गाडे। उसले उसको मृत्यु माथि रूदै विलाप गरे, “हे मेरो भाई।”

Cross references

1 राजा 14:13

सम्पूर्ण इस्राएल उसको लागि रूनेछ अनि उसलाई गाडीने छ। यारोबामको परिवारमा तिम्रो छोरो मात्र यस्तो मानिस हुनेछ जसलाई चाहिं गाडीने छ। यस्तो किन भयो भने ऊ मात्र यारोबामको परिवारमा यस्तो मानिस हो जसले इस्राएलका परमप्रभु परमेश्वरलाई प्रसन्न पारेकोछ।

यर्मिया 22:18

यसर्थ परमप्रभुले योशियाहका छोरो राजा यहोयाकीमको विषयमा भन्नुहुन्छु, “यहोयाकीमको लागि यहूदाका मानिसहरू रूने छैनन, ‘हाय मेरो दाज्यू! हाय मेरी बहिनी! म यहोयाकीमको लागि अत्यन्तै दुखीत छु।’ भनी तिनीहरू कसैले पनि परस्परमा कुरा गर्ने छैनन्। यहूदाका मानिसहरू यहोयाकीमको लागि रूने छैनन्। तिनीहरूले उनको विषयमा भन्ने छैनन्, ‘हाय मेरा मालिक! हाय, मेरा महाराज! तिम्रो मृत्युमा म अत्यन्तै दुखी छु।’

प्रेरित 8:2

केही भक्त-जनहरूले स्तिफनसलाई गाडे। तिनीहरूले उनको निम्ति शोक गरे। त्यही दिनदेखि यहूदी हरूले यरूशलेममा विश्वासीहरूलाई खुबै यातना दिन थाले। शावलले पनि मण्डली ध्वंश गर्ने प्रयास गरिरहेका थिए। ऊ तिनीहरूको घरमा गए।

Interlinear

Choose Theme