Home Bibles ☰ Books 1 राजा 11:19 · नेपाली बाइबल
1 राजा 11:19 · नेपाली बाइबल

फिरऊनले हददलाई साह्रै नै मन पराए। उसले उसको विवाहको व्यवस्ता गरिददिए फिरऊनकी साली थिइन् रानी तहपनेसकी बहिनी थिइन्।

Cross references

उत्पत्ति 39:4

यसकारण यूसुफलाई पाएर पोतीफर अत्यन्तै खुशी थियो। पोतीफरले उसलाई आफ्नो काम गराउन तथा घरमा व्यवस्था मिलाउने काममा लगायो। पोतीफरको प्रत्येक कुरोमा उसको अधिकार थियो।

उत्पत्ति 39:21

तर परमप्रभु यूसुफसित हुनुहुन्थ्यो। उहाँ संधै ऊसंग दयालु हुनुहुन्थ्यो।

उत्पत्ति 41:45

त्यसपछि फिरऊनले उनलाई अर्को नाउँ साप्‌नत-पानेह दिए। फिरऊनले उसको विवाह आसनत नाउँ भएकी आइमाईसित गराए जो ‘ओन’ शहरका पूजाहारी पोतीफरकी छोरी थिइ। यस प्रकार यूसुफ समस्त मिश्र देशका राज्यपाल भए।

यर्मिया 43:7

ती मानिसहरूले परमप्रभुलाई ध्यानै दिएनन्। यसकारण ती सबै मानिसहरूलाई मिश्र लगे। तिनीहरू तहपनेस शहरमा गए।

प्रेरित 7:10

यूसुफले धेरै दुःख-कष्टहरू सामना गर्नु पर्यो, तर परमेश्वरले उनलाई ती सबै दुःख-कष्टहरूबाट बचाउनु भयो। फिरऊन मिश्रदेशका राजा थिए। उहाँले यूसुफलाई मनपराउनु भयो अनि आदर पनि गर्नु भयो किनभने यूसुफमा परमेश्वरबाट पाएको ज्ञान थियो। उसले यूसुफलाई मिश्र देशका राज्यपाल बनाए अनि तिनलाई उहाँको घरका सम्पूर्ण मानिसहरूमाथि शासन गर्ने अधिकार दिए।

प्रेरित 7:21

जब तिनीहरूले मोशालाई बाहिर निकाले, फिरऊनकी छोरीले तिनलाई आफ्नै छोरो सरह स्याहार-सुसार गरिन्।

Interlinear

Choose Theme