Home Bibles ☰ Books 1 राजा 1:50 · नेपाली बाइबल
1 राजा 1:50 · नेपाली बाइबल

अदोनियाह पनि सुलेमानसित डराए। यसकारण उनी वेदीमा गए अनि वेदीको सींग समाते।

Cross references

प्रस्थान 21:14

तर यदि कसैले कसैलाई घृणा गरी अथवा रीसमा योजना गरी मार्छ भने त्यो हत्याराले दण्ड भोग्नै पर्छ। त्यसलाई मेरो वेदी देखि टाढा लैजाऊ र मार।

प्रस्थान 27:2

त्यस वेदीको चारैवटा कुनामा एक एकवटा सींग बनाऊ र प्रत्येक सींगगलाई यस्तो प्रकारले जोड कि सबै एउटै टुक्राले बनिएको देखियोस्। तब वेदीलाई काँसाले मोहोरी देऊ।

प्रस्थान 38:2

उनले यस वेदीको चार कुनामा लगाउन चारवटा सींङहरू बनाए। उनले वेदीलाई काँसाले मोहरे।

1 राजा 2:28

योआबले यस विषयमा सुने अनि डराए। उनले अदोनियाहको समर्थन गरेका थिए, तर अब्शालोमले गरेनन्। योआब परमेश्वरको पालतिर दगुरे अनि वेदीको सींग समात्न पुगे।

भजनसंग्रह 118:27

परमप्रभुनै परमेश्वर हुनुहुन्छ। अनि उहाँले हामीलाई ग्रहण गर्नु हुन्छ। भेंडाका पाठालाई बलिदानको लागि बाँध अनि यसलाई वेदीको सींङ तर्फ ल्याऊ।”

Interlinear

Choose Theme