Home Bibles ☰ Books 1 यूहन्ना 5:13 · नेपाली बाइबल
1 यूहन्ना 5:13 · नेपाली बाइबल

तिमीहरु जो परमेश्वरका पुत्रमा विश्वास गर्छौं म तिमीहरुलाई यो पत्र लेख्दैछु ताकि अब तिमीहरुले अनन्त जीवन के रहेछ भनी जान्ने छौं।

Cross references

यूहन्ना 1:12

केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो।

यूहन्ना 2:23

यहूदीहरूको निस्तार चाडको समय येशू यरूशलेममा हुनुहुन्थ्यो। उहाँको चमत्कारहरू देखइसके पछि धेरै मानिसहरूले उहाँमाथि विश्वास गर्न थाले।

यूहन्ना 3:18

जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्दछ त्यो दोषी ठहरिंदैन। तर जसले विश्वास गर्दैन र उसको पहिल्यै नयाय भइसको छ ऊ वहिष्कृत हुन्छ। किन? किनभने त्यस मानिसले परमेश्वरको एकमात्र पुत्रमाथि विश्वास गरेकोछैन।

यूहन्ना 20:31

तर ती कुराहरू लेखिए ताकि तिमीहरूले विश्वास गर्न सक्छौ कि येशू नै ख्रीष्ट हुन्; जो परमेश्वरको पुत्र हुन् भनि जब तिमीहरू उहाँलाई विश्वास गर्छौ, तिमीहरूले उहाँको नाममा जीवन पाउन सक्छौं

यूहन्ना 21:24

उही यो चेला हो जसले यस भनाईद्वारा साक्षी दिन्छ औ जसले यी लेखेका छन्। हामी जान्दछौ कि उसको गवाही सत्य छ।

प्रेरित 3:16

येशूमा विश्वास रहेकै कारण यो मानिस अहिले निको भयो। यस्तो हुन गएको कारण चाहिँ हामी येशूको शक्तिमा पूर्ण विश्वास राख्दछौ। येशूमा विश्वास भएको कारणले यो मानिस निको भएको छ। तिमीहरूले उसलाई देख्छौ अनि तिमीहरूले उसलाई चिन्छौ।

प्रेरित 4:12

येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ।”

रोमी 8:15

जुन आत्मा तिमीले पाएकाछौ त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा होइन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा-छोरी बनाउँछ अनि त्यही आत्मासँगै हामी भन्छौ, “पिता, प्रिय पिता।”

2 कोरिन्थी 5:1

हामी जान्दछौं, यस धरतीमा हामी जुन तम्बूमा बस्छौं त्यो नष्ट हुनेछ। तर जब त्यो नष्ट हुनेछ, हामीले बस्ने घर परमेश्वरबाट पाउनछौं। त्यो घर मानिसले बनाएको होइन। यो घर स्वर्गमा हुन्छ र अनन्त रहनेछ।

गलाती 4:6

तिमीहरू परमेश्वरका छोरा-छोरीहरू हौ। त्यसैकारण परमेश्वरले आफ्ना पुत्रको आत्मा तिमीहरूको हृदयमा हाली दिनु भयो त्यही आत्मा ले पुकार्छ, “बाबा, पिता।”

1 तिमोथी 1:15

म जे भन्दैछु त्यो सत्य हो अनि तिमीले यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छः ख्रीष्ट येशू पापीहरूलाई बचाउनु यस संसारमा आउनुभयो। म पापीहरूमा पनि महापापी हुँ।

1 पत्रुस 5:12

मैले सिल्वानसको सहयोगमा यो चिट्ठी लेखें। म जान्दछु कि उनी विश्वासी भाइ हुन्। मैले तिमीहरुलाई उत्साह दिन औ यो परमेश्वरको साँचो अनुग्रह हो भनी साक्षी दिन यो छोटो पत्र लेखेको हुँ। यो अनुग्रहमा दृढ भएर बस।

Interlinear

Choose Theme