हामीले तिमीहरूमा आत्मिक बिऊ छरेकाछौं? यसर्थ यदि हामीले तिमीहरूबाट केही भौतिक चीजको आशा गर्दा त्यो अधिक हुन्छ र?
Cross references
तर नामानको सेवकहरू उनकोमा गए अनि उनीसँग कुरा गरे। उनीहरूले भने, “मालिक, यदि अगमवक्ताले तपाईलाई केही महान कार्य गर्नु भनेको खण्डमा, तपाई गर्नु हुन्छ, होइन र यसकारण तपाईले उनको आज्ञा पालन गर्नु पर्छ यदि उनी तपाईलाई केही सरल काम गर्नु भन्दछन्। अनि उनले भने, ‘नुहाऊ अनि तिमी शुद्ध र स्वच्छ हुनेछौ।”‘
“परमप्रभुलाई लुट्न बन्द गर। मानिसहरूले परमेश्वरको चिजहरू चोर्नु हुँदैन। तर तिमीहरूले मेरो भागहरू चोर्यो। तिमीहरू भन्छौ, ‘हामीले तपाईंको के चोर्यौं?’तिमीहरूले मलाई तिमीहरूको चीजको दशांशकप दिनुपर्ने थियो। तिमीहरूले मलाई बिशेष भेटी दिनुपर्ने थियो। तर तिमीहरूले मलाई ती चीजहरू दिएनौ।
झोला समेत नबोक यात्राका निम्ति लाउने लुगाफाटा वा जुत्ता नलैजाऊ। हिडेनलाई लौरो समेत नबोक। एक कामदारलाई उसले चाहेका सबै चीजहरूको बन्दोबस्त हुनुपर्छ।
म्यासिडोनिया र अखैयाका विश्वासीहरू यरूशलेमका ती मानिसहरूलाई चन्दा दिएर सघाउन खुशी थिए। तिनीहरू सहयोग दिन खुशी थिए। वास्तवमा, यरूशलेमका गरीबहरूलाई मद्दत गर्न ती वाध्य छन्। यहूदीहरूको आत्मिक आशीर्वादमा सहभागी भएकाले ती गैर-यहूदीहरूले सघाउन पर्छ। त्यसैले तिनीहरूले आफ्ना भौतिक वस्तुहरू तिनीहरूलाई सघाउन उपयोग गर्नुपर्छ। यसको लागि तिनीहरू यहूदीहरूका ऋणी छन्।
यसर्थ यदि शैतानका सेवकहरू धार्मिक मानिसहरूको भेषमा आउँछन् भने हामीले अचम्म मान्ने कुरो छैन। तर अन्तमा, ती मानिसहरूले आफ्नो भूल कर्मको निम्ति दण्ड पाउनेछन्।
जसले परमेश्वरको शिक्षा लिइरहेको छ उसले आफूमा भएको सबै सद्गुणहरू आफ्ना प्रशिक्षकहरूमा बाँढोस्।