तिमीहरू चिन्ताबाट मुक्त होऊ भन्ने म चाहन्छु। एक अविवाहित मानिस प्रभुको काममा पूर्णरूपले मग्न रहन्छ। उसको उदेश्य नै प्रभुलाई खुशी तुल्याउनु हो।
Cross references
तिम्रो चिन्ताहरू परमप्रभुलाई देऊ अनि उहाँले तिम्रो हेरचाह गर्नुहुनेछ। परमप्रभुले कहिले पनि धर्मात्माहरूलाई परास्त हुन दिनुहुन्न।
“यसैले म तिमीहरूलाई भन्दछु, बाँच्नलाई के खानु पर्ने भन्ने विषयमा तिमीहरू चिन्तित हुनु हुँदैन। तिमीलाई शरीको निम्ति चाहिने वस्त्रका विषयमा फिक्री नगर। खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीर धेरै मूल्यवान छ।
अनि काँडाहरूमा छरिएको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्दछन् तर जीनवको विषयमा बढता फिक्री गर्छन् अनि पैसाको प्रेमले तिनीहरूले सुनेको उपदेश निस्सासिन्छ। यसले गर्दा उपदेशले फलफलाउन सक्दैन।
कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ।
कुनै एक विधवा जो साँच्चै अभावमा छन्, जसलाई देखरेख गर्ने कोही छैन, जसले आफ्नो आशा परमेश्वरमाथि मात्र राखेकीछन्, उनले दिनरात परमेश्वरसंग प्रार्थना र्गछिन्। उनले परमेश्वरसंग सहायता माग्छिन्।