Home Bibles ☰ Books 1 कोरिन्थी 7:3 · नेपाली बाइबल
1 कोरिन्थी 7:3 · नेपाली बाइबल

पतिले आफ्नी पत्नीलाई सब थोकहरू देओस् जुन एउटी पत्नीले पाउनु पर्छ र पत्नीले पनि आफ्ना पतिलाई सब कुरा देओस्, जुन एउटा पतिले पाउनु पर्छ।

Cross references

प्रस्थान 21:10

“यदि मालिकले अर्की आइमाई विवाह गरे उसले पहिलेकी पत्नीलाई कम्ती खाना र कम्ती लुगा-फाटा दिनु हुँदैन। उसले उसको पहिलो पत्नीलाई लगातार दाम्पत्य अधिकार अवश्यै दिनुपर्छ।

1 पत्रुस 3:7

त्यसरी नै तिमी पतिहरु आफ्ना पत्नीहरुसित समझदारीको भावमा बस्नु पर्छ। तिमीहरुले आफ्ना पत्नीहरु प्रति आदर जनाउनु पर्छ। तिनीहरु तिमीहरुभन्दा कमजोर छन्। तर परमेश्वरले तिमीहरुका पत्नीहरुलाई त्यस्तै आशीर्वाद दिनु हुन्छ जस्तो तिमीहरुलाई दिनुहुन्छ। आशीर्वाद अनुग्रह हो जसले सत्य जीवन प्रदान गर्छ। यी कर्महरु गर जसद्वारा कसैले पनि तिमीहरुको प्रार्थनालाई बाधा पुर्याउन सक्तैन।

Interlinear

Choose Theme