Home Bibles ☰ Books 1 कोरिन्थी 7:24 · नेपाली बाइबल
1 कोरिन्थी 7:24 · नेपाली बाइबल

दाज्यु-भाइ, दिदी-बहिनीहरू हो! अब परमेश्वरसितको नयाँ जीवनमा, तिमीहरू परमेश्वरद्वारा बोलाउनुहुँदा जुन अवस्थामा थियौ त्यही अवस्थामा रहनु पर्छ।

Cross references

उत्पत्ति 5:22

मतूशेलह जन्मेपछि हनोक 300 वर्ष सम्म परमेश्वरको पछि-पछि हिंडिरहे। यस अवधिमा उसको अरु छोरा-छोरीहरु जन्मे।

उत्पत्ति 17:1

जब अब्राम 99 वर्ष पुगे परमप्रभु तिनी सामु प्रकट हुनुभयो। परमप्रभुले भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ। मसित सही पथ अनुशरण गर।

1 शमूएल 14:45

तर सबै सैनिकाहरूले भने, “आज जोनाथनले इस्राएललाई विजयी गरायो। के जोनाथन मर्नै पर्ने? होइन! हामी जीवित परमेश्वरको नाउँमा शपथ खान्छौ कि जोनाथनलाई कसैले हानि गर्न सक्दैन, उसको शिरको एउटा केशसम्म कसैले हल्लाउन सक्ने छैन। परमेश्वरले आज पलिश्तीहरूसँगको युद्धमा जोनाथनलाई सहायता गर्नुभएको छ।” यसरी मानिसहरूले जोनाथनलाई बचाए। तिनलाई मृत्युदण्ड दिइएन।

1 कोरिन्थी 7:17

जे जस्तो सुकै भए पनि जुन अवस्थामा परमेश्वरले उसलाई बोलाएको समयमा उ त्यो अनि जुन अवस्थामा उसलाई अहिले परमेश्वरले राख्नु भएकोछ उसरीनै प्रत्येक मानिस बाँच्नु पर्छ। यही नियम हो जो म सबै मण्डलीहरूलाई दिन्छु।

1 कोरिन्थी 7:20

प्रत्येक मानिस त्यही अवस्थामा बसोस् जुन अवस्थामा उसलाई परमेश्वरबाट बोलाइयो।

1 कोरिन्थी 10:31

यसकारण तिमीहरू खाऊ, पिऊ, जे सुकै गर, तर त्यो परमेश्वरको महिमाकोलागि गर।

कलस्सी 3:23

काम जस्तो सुकै होस, तिम्रो योग्यताले भेटे सम्म राम्रो गर। प्रभुको सेवा गर्दछौ त्यस प्रकारले गर, अनि मानिसलाई होइन।

Interlinear

Choose Theme