अब तिमीहरूलाई मलाई लेखेका कुराहरूको विषयमा म चर्चा गर्दछु। लोग्ने मानिसले विवाह नगरेको असल हो।
Cross references
त्यसपछि परमेश्वरले अबीमेलेकलाई सपनामा भन्नुभयो, “हो, म जान्दछु तिमी निर्दोष छौ। अनि म यो पनि जान्दछु तिमीलाई थाहा थिएन तिमी के गरिरहेका थियौ। तिमीलाई मैले बचाएँ। मैले तिमीलाई मेरो विरूद्ध पाप गर्न दिइन। त्यो म नै हुँ जसले तिमीलाई त्यस स्त्रीसित सुत्ने अनुमति दियो।
कुन खेतमा तिनीहरू जान्छन् हेर अनि तिनीहरूलाई पछ्याऊ। तिमीलाई दिक्दारी नदिनु भनी मैले जवान मानिसहरूलाई चेतावनी दिएको छु। जब तिमीलाई तिर्खा लाग्छ, मेरा मानिसहरूले पानी पिउने घैलाबाट नै पिउनु।”
जो कोही मानिसको लागि पनि त्यस्तै हुन्छ जब ऊ अन्य मानिसको पत्नीसित ओछ्यानमा सर्म्पक राख्छ। त्यस मानिसले दुःख भोग्ने छ।
चेलाहरूले येशूलाई भने, “यदि त्यही कारणले मात्र एउटा मानिसले आफ्नो पत्नीलाई त्याग्न सक्छ भने विवाह नगर्नु नै असल हुन्छ।”
अब विवाह नगरेकाहरूलाई र विधवाहरूलाई म भन्छुः उनीहरूको लागि म जस्तै एकलो बस्नु राम्रो हो।
त्यो दुःखको घडी हो। यसैले म सोच्छु तिमीहरू जुन अवस्थामा छौ त्यही अवस्थामा बस्नु राम्रो हो।
तर कोही यस्तो बलियो मनको पनि हुन सक्ला र सोच्ला विवाहको कुनै आवश्यकता छैन, उ पनि आफ्नो इच्छामा स्वतन्त्रै छ। यदि त्यस मानिसले आफ्नी कन्यालाई अविवाहित राख्ने निश्चय गरेको छ भने उसले ठीक गर्दैछ।