Home Bibles ☰ Books 1 कोरिन्थी 14:30 · नेपाली बाइबल
1 कोरिन्थी 14:30 · नेपाली बाइबल

अनि बसिरहेको कुनै मानिसलाई परमेश्वरबाट सन्देश आयो भने बोल्दै गर्ने पहिलो मानिस रोकिनु पर्छ।

Cross references

अय्यूब 32:11

जब तिमीहरू बोल्यौ मैले खुब धीरजसाथ पर्खें। मैले ती जवाफहरूमा ध्यान दिएँ जुन तिमीहरूले अय्यूबलाई दियौ।

अय्यूब 32:15

अय्यूब, ती मानिसहरूले साहस हराए। तिनीहरूसँग अब भन्ने केही कुरा छैन। तिनीहरूले प्रस्तुत गर्ने जवाफ केही छैन।

अय्यूब 33:31

अय्यूब, मेरो कुरा होशियारीले सुन, शान्त हौ र मलाई बोल्न देऊ।

1 कोरिन्थी 14:6

दाज्यू-भाइ दिदी-बहिनीहरू, यदि म विभिन्न भाषाहरूमा बोल्दै तिमीहरूकहाँ आएँ भने त्यसले तिमीहरूलाई के फाईदा हुन्छ? हुँदै हुँदैन। यदि म तिमीहरूकहाँ कुनै नयाँ सत्य, अथवा केही ज्ञान अथवा केही अगमवाणी वा केही शिक्षा लिएर आएँ भने मात्र तिमीहरूलाई फायदा हुन्छ।

1 कोरिन्थी 14:26

यसकारण दाज्यू-भाइ दिदी-बहिनीहरू हो। तिमीहरूले के गर्नु पर्छ? जब तिमीहरू भेला हुन्छौ, कसैसित गीत हुन्छ, कसैसित शिक्षा हुन्छ, कसैसित परमेश्वरको नयाँ सत्य हुन्छ, फेरि अर्को एकजनासित विभिन्न भाषा बोल्ने हुन्छ अनि अर्को चाँहि त्यो भाषा व्याख्या गरिदिने हुन्छ। यी सब कुराको उद्धेश्य मण्डलीलाई दरिलो बनाउनु हो।

1 थिस्सलोनिकी 5:19

पवित्र आत्माको कहिल्यै वाधा नदेऊ।

Interlinear

Choose Theme