हाम्रो शरीरको भाग भाग नछुट्टियोस् भनी परमेश्वरले यसो गर्नु भएको हो। विभिन्न अंगहरूले आपस्तमा उसरी नै ध्यान दिने गरून्। परमेश्वर त्यही चाहनु हुन्छ।
Cross references
हे पिता, म प्रार्थना गर्छु कि जसले म मा विश्वास गर्छन्, तिनीहरू एक होऊन्। जसरी तपाईं ममा हुनुहुन्छु, म तपाईंमा। म प्रार्थना गर्छु ताकि तिनीहरू हामीमा एक होऊन्। संसारले यो विश्वास गर्नछ कि तपाईंले नै मलाई पठाउनु भएको हो ।
हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म विनयपूर्वक भन्दछु, दाज्यू भाइहरू र दिदी-बहिनीहरू हो, तिमीहरू आपसमा मिलेर बस जसले गर्दा तिमीहरूको बीचमा फाटो नआवोस्। एउटै विचार र एउटै उद्देश्य लिएर तिमीहरू एक भई बस भन्ने मेरो विन्ती छ।
तिमीहरू अझै पनि आत्मिक मानिस बनेका छैनौ। आपस्तमा तिमीहरूको इर्ष्या र झगडा छँदैछ। यसले बुझाउँछ तिमीहरू आत्मिक होइनौ। संसारका मानिसहरूको जस्तै तिमीहरूको व्यवहार छ।
त्यो चिट्ठी मैले लेख्नुको कारण यो होइन कि व्यक्तिले भूल गर्यो तर कारण यो हो कि मानिस भूलमा थियो। वास्तवमा परमेश्वरको अघि तिमीहरू हामीलाई कति धेरै याद गर्छौ सो जान्नु त्यो चिटठी तिमीहरूलाई लेखिएको हो।
म परमेश्वरलाई धन्यवाद चडउँछु किनभने उनले तितसलाई तिमीहरू प्रति त्यही प्रेम दिए जुन मेरो तिमीहरू प्रति छ।
दाज्यु-भाइ दिदी-बहिनीहरू! अब म विदा लिन्छु। परिपक्क हुने कोशिश गर। मैले तिमीहरूलाई भनेको कुरा गर। एक अर्कासित मिल र शान्तिसित बस। तब प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।