म तिमीहरूको प्रशंसा गर्दछु कारण तिमीहरूले सबै कुरामा मलाई सम्झन्छौ अनि मैले दिएको शिक्षालाई तिमीहरूले ठीकसँग पालन गर्दछौ।
Cross references
तिनलाई आफ्नै बाल बच्चाले प्रशंसा गर्छन्, तिनको पतिले तिनी माथि गर्व गर्छन् र भन्छन्,
ती दुवै जकरिया र इलीशिबा परमेश्वर समक्ष असल मानिस थिए। जहाँ सम्म परमप्रभुको जम्मै आज्ञा र नियमहरूको सम्बन्ध छ तिनीहरू निष्कलंक थिए।
यसकारण म तिमोथीलाई तिमी भएकोमा पठाउँदैछु। परमप्रभुमा उनी मेरा पुत्र हुन्। म तिमोथीलाई माया गर्छु, उनी विश्वासनीय छन्। म ख्रीष्ट येशूमा कुन प्रकारले रहेकोछु त्यो उनले तिमीहरूलाई संझाउनेछन्। यही जीवन मार्ग म सबै ठाउँहरूका मण्डलीहरूलाई सिकाँउछु।
जे जस्तो सुकै भए पनि जुन अवस्थामा परमेश्वरले उसलाई बोलाएको समयमा उ त्यो अनि जुन अवस्थामा उसलाई अहिले परमेश्वरले राख्नु भएकोछ उसरीनै प्रत्येक मानिस बाँच्नु पर्छ। यही नियम हो जो म सबै मण्डलीहरूलाई दिन्छु।
अब यी विषयहरूमा म तिमीहरूलाई भन्छु, तिमीहरूको प्रशंसा र्गदिन। तिमीहरूका सभाले सहायता भन्दा तिमीहरूलाई खति नै गर्छ।
तिमीहरू आफ्नै घरमा खान अनि पिउन सक्छौ! यस्तो लाग्छ, तिमीहरू सोच्छौ कि परमेश्वरको मण्डली महत्वहीन छ। जो गरीब छ तिनलाई तिमीहरू शरममा पार्दछौ। म के भनुँ? म तिमीहरूको प्रशंसा र्गदिन।
सुमाचारको कारणले तिमीहरू बचाइयौ। तर मैले यो प्रचार गरेको तरिकाको विश्वासमा अडीक बस। नत्र तिमीहरूको विश्वास व्यर्थको विश्वास हो।
तर तिमोथी तिमीहरूकहाँ आफ्नो भ्रमणबाट भर्खर फर्केर आई तिमीहरूको विषयमा प्रेम र विश्वासको शुभ समाचार हामीलाई सुनाए। उनीबाट बुझ्यौं कि तिमीहरूले हामीलाई सधैं सम्झदा रहेछौ र हामीलाई भेट्ने ठूलो इच्छा रहेछ। हामीलाई पनि त्यस्तै भइरहेछ।
दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, अब मैले तिमीहरूलाई केही अर्को कुरो भन्दैछु। परमेश्वरलाई खुशी राख्ने हिसाबले कसरी जिउनु पर्छ त्यो हामीले तिमीहरूलाई सिकाएका छौं अनि त्यसरी नै तिमीहरू बसिरहेका छौ। अब हामी तिमीहरूलाई भन्छौ अनि उत्साह दिन्छौ कि प्रभु येशूमा त्यही प्रकारले अझ लागी रहो।
यसैले दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! हामीबाट पाएको शिक्षाहरूमा विश्वास लगातार गरिरहौ र दृढबन। हामीले मुखले बोलेर होस् कि चिट्ठीमा लेखेर होस्, तिमीहरूलाई यी कुराहरू सिकाएकाछौं।
दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरूलाई हामी हाम्रा प्रभु येशू ख्रीष्टको अधिकार लिएर आज्ञा दिंदछौं कि काम गर्न जसले अस्वीकार गर्छ तिनीहरूबाट टाढा बस। ती मानिसहरूले हामीबाट पाएको शिक्षा अनुशरण गर्नु अस्वीकार गर्छन्।