Home Bibles 1 इतिहास 8:34 · नेपाली बाइबल
1 इतिहास 8:34 · नेपाली बाइबल

जोनाथनको छोरा मरिब्बाल थिए। मरिब्बाल मीकाका पिता थिए।

Cross references

2 शमूएल 4:4

शाऊलको छोरा जोनाथनका मपीबोशेत नामका छोरा थिए। जब मपीबोशेत पाँच वर्षको हुँदा यिज्रेलबाट शाऊल र जोनाथन मारिएको खबर उसको घरमा आयो। ती शत्रुहरू आइरहेछ भनेर डराइन् मपीबोशेतलाई स्याहार्न उसलाई समातेर टाढ भागिन्। तर जब छिटो-छिटो भाग्न थालीन् त्यो बालक भुइँमा लडयो। यसरी उसको दुवै खुट्टा लङ्गडो भयो।

2 शमूएल 9:6

जोनाथनका छोरा मपीबोशेत दाऊदका सामुने शिर झुकाएर दण्डवत गरे।दाऊदले भने, “मपीबोशेथ?”मपीबोशेतले भने, “ज्यू हजुर, मै हु, तपाईंको सेवक मपीबोशेत।”

2 शमूएल 9:10

तिमीले मपीबोशेतको जमीनमा तिम्रो छोराहरू अनि नोकरहरूसित खेती गर्ने छौ अनि बाली काटूने छौ तब तिम्रा मालिकको नातिको लागि प्रचुर भोजन हुनेछ। तर तिम्रा मालिकका नातिले सधे मसित खाना खानेछन्।” सीबाका 15 छोरा र 20 जना नोकरहरू थिए।

2 शमूएल 9:12

मपीबोशेतका जवान छोराको नाउँ मीका थियो। सीबाका सबै परिवारका सदस्यहरू मपीबोशेतका सेवक बने।

2 शमूएल 19:24

शाऊलको नाति मपीबोशेत दाऊदलाई भेट्न आए। राजा गए पश्चात यरूशलेम फर्केर नआइञ्जेल सम्म मपीबोशेतले खुट्टाको वास्ता गरेनन्। दाह्री जुंगा काटेनन् र लुगाफाटा धोएनन्।

Interlinear

Choose Theme