यी ति शहर अनि देशहरू हुन् जहाँ एप्रैमका सन्तानहरू बस्थेः बेतेल र यस नजिकका गाउँहरू पूर्वमा नारान, पश्चिममा गेजेर अनि यस नजिकका गाउँहरू शेकेम र अज्जा र त्यसका नजिकका गाउँहरू सम्म पुगे।
Cross references
पहिला त्यस ठाउँको नाउँ लूज थियो तर याकूबले त्यसको नाउँ बेतेल राखे।
त्यसपछि त्यो सीमाना बेतेल (लाजः देखि अरकीको सीमाना अतारोत तर्फ लगातार गएको थिए।
एप्रैमका मानिसहरूलाई दिइएको भूमि यो होः तिनीहरूको पूर्वी सीमाना अत्रोतद्दार, उच्च बेथोरोनको नजिकैबाट शुरू भएको थियो।
त्यसपछि त्यो सीमाना यानोह देखि तलतिर अतारोत अनि नारासम्म गएको थियो। त्यो सीमाना यरीहोलाई नछोए सम्म लगातार गएर यर्दन नदीमा समाप्त भएको थिए।
त्यो सीमाना तप्पूह देखि पश्चिम तिर कानाको बेसी तर्फ गएर समुद्रमा समाप्त भएको थियो। यो सबै भूमिहरू एप्रैमका मानिसहरूलाई दिइएका भूमिहुन्। त्यस कुल समूहका प्रत्येक वंशले यो भूमिको एक अंश पाए।
एप्रैमको सीमानाका अनेक शहरहरू वास्तवमा मनश्शेका सीमाना भित्र थिए। तर एप्रैमका मानिसहरूले ती शहरहरू अनि ती वरिपरिका खेतहरू पाए।
यूसुफका कुल समूहका मानिसहरू बेथेल विरूद्ध लँडाईं गर्न गए। (अतीतमा बेथेललाई लूज भनिन्थ्यो।) परमप्रभु यूसुफका कुल समूहका मानिसहरूका पक्षमा हुनुहुन्थ्यो।
एप्रैम कुल समूहले कहाती वंशलाई केही शहरहरू दिए। ती शहरहरू चिट्ठाद्वारा पाए।